काठमाडौं । बर्दिया क्षेत्र नम्बर २ का उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज भएसगैँ साेहि ठाँउबाट उनकाे स्थानबाट उनक बुवा चुनाव भएका छन् ।नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चौधरीको उम्मेदवारी खारेज हुनसक्ने पूर्वानुमान गरेर उनका बुवा लालवीर चौधरीले स्वतन्त्र रुपमा बर्दिया क्षेत्र नम्बर २ मै उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले मंगलबार चौधरीको उम्मेदवारी खारेज गरिदिएको थियो ।
रेशम चौधरीकी श्रीमती एवम् नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले अब बर्दिया क्षेत्र नम्बर २ मा रेशम चौधरीका बुवा निर्वाचन लड्ने जानकारी गराइन। टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरी र सोही घटनामा फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ । चौधरीले बर्दिया–२ मा र थारुले कैलाली–५ मा उम्मेदवारी दिएका थिए । चौधरी र थारु दुवैको उम्मेदवारी खारेज भएको छ ।