निर्वाचन आयोगले आज उम्मेदवारकाे अन्तिम नामावली सार्वजनिक गर्दै

80

काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ। आयोगले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने बताएको हो। उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृत कार्यालयमा गएर निवेदन दिनुपर्नेछ।

उम्मेदवार आफैँ वा प्रतिनिधिमार्फत् उम्मेदवारी फिर्ता लिन पाउँछन्। त्यस्तै आयोगले आजै उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दै छ। उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा गर्नेछ।अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउने आयोगले जनाएको छ।

Leave A Reply

Your email address will not be published.