काठमाण्डाैँ । तेस्रो तथा अन्तिम निर्णायक एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ । दक्षिण अफ्रिकाले दिएको १ सय रनको लक्ष्य भारतले मात्र १९.१ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । भारतले तीन विकेट गुमाएर १०३ रन बनाउँदै ७ विकेटले खेल जित्यो । भारतीय खेलाडी शुभमन गिलले ४९ रन बनाए भने भारतका लागि श्रेयस अय्यरले छक्का प्रहार गर्दै खेललाई जित दिलाए ।पहिलो झटका भारतीय टोलीलाई ४२ रनमा लाग्यो। कप्तान शिखर धनले १४ बल खेलेर मात्र ८ रन बनाएर आउट भए ।
५८ रनको स्कोरमा विकेटकिपर क्विन्टन डी ककले इशान किशनको क्याच लिए । इशानले कूल १० रन मात्र बनाए । शुभमन गिल ४९ रन बनाएर एलबीडब्ल्यू आउट भए । भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । भारतीय टोलीले अफ्रिकी टोलीलाई ९९ रनमा मात्रै अलआउट गर्यो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ३४ रन, यानेमन मलानले १५ रन र मार्को जान्सनले १४ रन बनाए ।बलिङ गर्दै कुलदीप यादवले चार विकेट लिए । यसबाहेक मोहम्मद सिराज, शाहबाज अहमद र वासिङ्टन सुन्दरले समान २–२ विकेट लिए ।