नवलपरासीमा बाबु छाेरा नै चुनावी प्रतिस्पर्धामा

37
biddhut

 प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पूर्वी नवलपरासीमा एकै घरका दुईजनाले उम्मेद्वारी दिनुभएको छ । नेकपा एमालेबाट रोशनबहादुर गाहा (थापा) र छोरा ईश्वरजङ्ग थापामगरले  स्वतन्त्र रुपमा नवलपुर क्षेत्र नं १ प्रदेशसभा (ख) मा उम्मेद्वारी दिनुभएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले बताउनुभयो । कावासोती – २ स्थायी घर भएका रोशनबहादुर गाहा (थापा) यसअघि संविधान जारी भएपछिको २०७४ सालको निर्वाचनमा पनि क्षेत्र नं १ प्रदेशसभा (ख) बाट निर्वाचित हुनुभएको थियो ।

dengu 3 1

दोस्रो पटक पनि उहाँले नेकपा एमालेबाट सोही क्षेत्रबाट उम्मेद्वारी दिनुभएको छ । नवलपुर जिल्लाको पर्यटन, कृषिमा जोड दिँदै आफ्नो कार्यकालमा थालनी गरेर अधुरा भएका  विकास निर्माणका काम दोस्रो पटक विजयी भएर पूरा गर्नका लागि उम्मेद्वारी दिएको बताउनुहुन्छ ।त्यस्तै, बुबाको र आफ्नो राजनीतिक आस्था एउटै भएको र भविष्यमा उत्ताराधिकारीको रुपमा उभ्याउन आफूले पनि राजनीतिमा होमिँदै स्वतन्त्र उम्मेद्वार दिएको छोरा ईश्वरजङ्ग थापामगरले प्रतिक्रिया दिनुभयो ।  नवलपुर क्षेत्र नं १ प्रदेशसभा (ख) मा तीन स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.