पाल्पामा प्रतिनिधि र प्रदेशसभा लागि ४७ जनाको उम्मेदवारी

72

पाल्पा ।  आगामी मंसिर ४ मा हुने  प्रतिनिधि र प्रदेशसभा लागि पाल्पामा विभिन्न दल तथा स्वतन्त्रका गरी ४७ जना नेताले उम्मेदवारी दिएका छन् । पाल्पामा दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा चार प्रदेश सभा निर्वाचन क्षेत्र छन् । पाल्पा प्रतिनिधिसभातर्फको क्षेत्र नं. १ मा १० र क्षेत्र नं. २ मा १४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै प्रदेशसभातर्फ १ (क)मा पाँच र १ (ख) मा पाँच जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।  प्रदेशसभातर्फ २(क)मा सात र २(ख)मा छ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए । प्रतिनिधि सभा र प्रदेशसभा गरी कुल छ पदका लागि ४७ जनाको उम्मेदवारी परेको उनले बताए ।

को कसको पर्‍यो उम्मेदवारी ?

पाल्पा क्षेत्र नंं १ बाट सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका ज्ञानबहादुर गाहा, नेकपा एमालेबाट नारायणप्रसाद आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीका उजिरसिंह दर्लामी, जनता समाजवादी पार्टीका मेयरमान रानाले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार विपिन कँडेल, नारायण न्यौपाने, डोलराज तिमिल्सिना र राजु सुनारले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं. १ कै प्रदेशसभातर्फ १(क) मा नेकपा एमालेबाट राजुप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसबाट श्यामकान्त खनाल, राप्रपाबाट डुलबहादुर गाहा, राष्ट्रिय जनमुक्ति पार्टीबाट भीमसेन सुनारी मगर र मंगोल नेशनल अर्गनाईजेशनबाट पूर्णबहादुर रुचालले मनोनयन दर्ता गरेका छन् ।

यस्तै प्रदेशसभातर्फ १(ख) का लागि नेकपा एमालेबाट खेमबहादुर सारु, नेपाली कांग्रेसबाट शंकरप्रसाद खनाल, राष्ट्रिय जन मुक्ति पार्टीबाट टेकबहादुर राना, मंगोल नेशनल अर्गनाईजेशनबाट लालबहादुर दर्लामी, राप्रपाबाट लक्ष्मणप्रसाद पंगेनीले मनोनयन दर्ता गरेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेकपा एमालेबाट ठाकुर गैरे र गठबन्धन दलका तर्फबाट नेकपा समाजवादीका सोमप्रसाद पाण्डेयले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोजेन्द्रबहादुर केसी, नेकपाका शिवसुन्दर धुख्वा, नेपाल आमा पार्टीबाट ताराबहादुर खत्री, राष्ट्रिय जनमुक्ति पार्टीबाट हुमबहादुर थापा, राप्रपा नेपालबाट खडानन्द गैरे, जन समाजवादी पार्टीबाट देवबहादुर हिस्की, नेपाली कांग्रेस विपीबाट श्रीधर न्यौपाने, मंगोल नेशनल अर्गनाइजेशनका मनबहादुर दर्लामी तथा जनता समाजवादी पार्टीबाट दुर्पदा सोमैले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै स्वतन्त्रबाट उपेन्द्रराज गहिरे, केशरबहादुर आले र जीवलाल सुवेदीले मनोनयन दर्ता गर्नुभएको भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोमप्रसाद गैरेले उम्मेदवारी दर्ता गरेका निर्वाचन कार्यालयले जनाएको छ ।  प्रदेशसभातर्फ २(क) मा जसपाबाट खिकबहादुर रेश्मी, नेशनल मंगोल अर्गनाइजेशनबाट लक्ष्मण गाहा, राष्ट्रिय जनमुक्ति पार्टीबाट टेकबहादुर राना, राप्रपाबाट राजु गैरे, नेकपा एमालेबाट पर्सुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीबाट माधव अधिकारी, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वीरबहादुर रानाले उम्मेदवारी दिएका छन् ।

यस्तै २(ख) मा प्रदेशसभा सदस्य पदका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती (वसन्त), नेकपाल्पापा

एमालेबाट ओमबहादुर घर्ती, राप्रपाबाट चक्रपाणि पौडेल, राष्ट्रिय जन मुक्तिपार्टीबाट इन्द्र अस्लामी, नेशनल मंगोल अर्गनाइजेशनबाट शिवबहादुर गाहा, जसपाबाट राजन खड्काले मनोनयन दर्ता गरेका छन् ।

गठबन्धनको प्रचार कार्यालय स्थापना

यसैबीच पाँच दलीय गठबन्धनमा आबद्ध दलले पाल्पा क्षेत्र नं २ मा गठबन्धनको प्रचार प्रसार कार्यालय स्थापना गरेका छन् । तानसेनको लहरेपिपलमा संघीय तथा प्रदेश सभाका उम्मेदवारको सम्पर्क तथा प्रचारप्रसारको लागि कार्यालयको स्थापना गरिएको हो ।  कार्यालय उद्घाटन गर्दै पाल्पा क्षेत्र न २ का प्रतिनिधि सभाका सांसद उम्मेदवार तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आफ्नो लामो अनुभव देश विकासको लागि मार्ग हुने भएकाले आफूले पुनः उम्मेदवारी दिएको बताए ।  आफू उद्योग मन्त्री हुँदा कच्चा पदार्थमा आधारित प्रोत्साहन गरेको बताउँदै,पाल्पामा समेत प्रशस्तै खानी रहेको र त्यसको त्यसको निर्यात गर्दै समृद्धि हासिल गर्न सकिने बताए ।  स्राेतः राताेपाटी   

Leave A Reply

Your email address will not be published.