अर्घाखाँची बाट प्रत्क्षयतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागी विभिन्न राजनीतिक दल र स्वतन्त्रहरू गरी २९ जना उम्मेद्वारले मनाेनयन दर्ता गराएका छन् । आगामी मंसिर ४ का लागी घाेषित निर्वाचनमा अर्घाखाँची जिल्लाको एउटा प्रतिनिधिसभा र २ प्रदेशसभा का लागी प्रतिनिधिसभातर्फ १२ जना र प्रदेशसभा सदस्यतर्फ १७ जना उम्मेदवारले निर्वाचन आयाेगमा मनोनयन दर्ता गराएका हुन ।
प्रतिनिधिसभातर्फ नेकपा एमालेका केन्द्रिय सचिव टोप बहादुर रायमाझी, कांग्रेस केन्द्रिय सदस्य पुष्पा भुसाल, राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालका खलिन मियाँ, हाम्रो नेपाली पार्टीका दुर्गा बन्जाडे, जनता समाजवादी पार्टी नेपालका नेत्र बहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि प्रसाद भुसाल, स्वतन्त्र पशुपतीनाथ ढकाल, जनसमाजवादी पार्टी नेपालका पिताम्बर अर्याल, मंगल नेशनल अर्गनाइजेसनका पुर्ण बहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका मधुबहादुर सारु, नेपाल मजदुर किसान पार्टीका सुतेज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका होमनारायण बेल्बासेले उम्मेद्वारी दर्ता गराएका छन् ।
प्रदेश सांसदका लागी प्रदेशसभा ‘क’ बाट नेकपा एमालेका चेतनारायण आचार्य, नेकपा माओवादी केन्द्रका ठाकुर कुमार बिक, राष्ट्रिय जनमोर्चाका सागर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका झबिन्द्र फुल्लेल, नेकपा एकीकृत समाजवादीका रामबहादुर चौहान, स्वतन्त्रबाट वसन्त केसि, राजन नेपाली र बिक्रम खनाल र प्रदेशसभा ‘ख’ बाट नेकपा एमालेका रामजी प्रसाद घिमिरे, नेपाली कांग्रेसका कमल प्रसाद भुसाल, राष्ट्रिय जनमोर्चाका जिवलाल पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका चेतबहादुर पौड्याल, जनता समाजवादी पार्टी नेपालका टुकबहादुर चेवाली, स्वतन्त्रबाट खेतुलाल उपाध्याय, चिरञ्जीवी अर्याल, बाबुराम रोका मगर र महेश पन्थ रहेका छन् ।