कपिलवस्तुमा प्रतिनिधि र प्रदेश सभाकाे लागी १४६ जनाकाे उम्मेदवारी

40
biddhut

कपिलवस्तु जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदका लागि १ सय ४६ जना उम्मेदवारले निर्वाचन आयाेगमा उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने निर्वाचनका लागी कपिलवस्तु जिल्लाका तिन प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्रका लागी विभिन्न पार्टीका र स्वतन्त्र उम्मेदवारले निर्वाचन आयाेगमा उम्मेदवारी दर्ता गराएका हुन । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदका लागि उम्मेदवारी दिएका उम्मेदवारबाट कपिलवस्तुमा ९ लाख ८५ हजार धरौटी रकम संकलन भएको  निर्वाचन आयाेग कपिलवस्तुले जनाएकाे छ ।  प्रतिनिधि सभा सदस्यको रु १० हजार र प्रदेश सभा सदस्यको लागि रु ५ हजार धरौटी रकम निर्वाचन आयोगले तोकेको छ ।

dengu 3 1

प्रतिनिधि सभा पदमा मनोनयन दर्ता गराएका ५१ जनाको दश हजारको दरले ५ लाख १० हजार र देश सभा सदस्य पदमा मनोनयन गराएका कपिलवस्तु ९५ जना उम्मेदवारबाट ४ लाख ७५ हजार धरौटी संकलन भएको छ।  कपिलवस्तु क्षेत्र नं १ मा २२ जना, क्षेत्र नं १ मा ११ जना र क्षेत्र नं ३ मा १८ जना गरि कुल ५१ जनाले प्रतिनिधि सभा सदस्य पदमा मनोनयन दर्ता भएको निर्वाचन आयोग कपिलवस्तुको सुचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिनुभयो ।प्रदेश सभा तर्फ क्षेत्र नं १ को (क) मा ९ जना, १ को (ख) मा १८ जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभा तर्फ क्षेत्र नं २ को (क) मा १३ जना, २ को (ख) मा ११ जनाले मात्र मनोनयन दर्ता गराएका छन् ।

प्रदेश सभा तर्फ क्षेत्र नं ३ को (क) मा १९ जना र ३ को (खं) २५ मा जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोग कपिलवस्तुको सूचना अधिकारी अनिता क्षेत्रीले बताउनु भयो । कपिलवस्तुमा प्रतिनिधि संसदीय क्षेत्र तीन वटा र प्रदेश संसद ६ वटा क्षेत्र रहेको छ । कपिलवस्तु क्षेत्र नं ३ प्रतिनिधि तर्फ १८ जनाले मनोनयन दर्ता गराएको कपिलवस्तु क्षेत्र नं ३ को निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताउनु भयो । स्राेतः प्रेसपाटी

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.