सन्धिखर्क । अर्घाखाँचीमा प्रतिनिधी सभा र प्रदेश सभा काे चुनावकाे लागी उम्मेदवारी दर्ता गरेसगैँ सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले समृद्ध नेपाल बनाउनकाे लागि आफुहरूले जित्नुपर्ने बताएका छन् । अर्घाखाँचीमा सम्पन्न रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलकाे उम्मेदवारहरू बिच गरेको साक्षात्कार कार्यक्रममा बाेल्दै उम्मेदवारहरूले गणतन्त्र र यसबाट प्राप्त अधिकारको रक्षा को लागि आफुहरूले जित्नैपर्ने बताएका छन। रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले अर्घाखाँचीमा उम्मेदवार दिएका गठबन्धनका उम्मेदवारहरू बिच गरेको साक्षात्कार कार्यक्रममा उनीहरूले गणतन्त्र र प्राप्त अधिकारको रक्षा र समृद्ध नेपालको निर्माणकाे लागि आफुहरूले जित्नैपर्ने बताएका हुन् ।
गठबन्धनका तर्फबाट संघीय संसदको उम्मेदवार पुष्पा भुसालले आफुहरू जितको नजिक रहेको भन्दै संविधान रक्षाको लागि पनि आफूहरूले जित्नैपर्ने दाबी गरिन् । कार्यक्रममा प्रदेश क का उम्मेदवार ठाकुर कुमार विक र प्रदेश ख का उम्मेदवार कमल प्रसाद भुसालले पनि लोकतान्त्रिक गणतन्त्रको रक्षा, समावेसी अधिकार, भ्रष्टाचारमुक्त समाज, मुलुकको समृद्धि तथा सुशासन पर्यटन तथा प्रबर्द्धनको विकाश, बेरोजगारी अन्त्यको लागी आफूहरुको उम्मेदवारी दिएकाे बताएका छन ।