विनोद चौधरी र पूर्वमन्त्री हृदयेश त्रिपाठी नवलपरासी १ बाट चुनाव लडदै

35
biddhut

 नवलपरासी  ।  आगामी मंसिर ४ मा हुने भनिएकाे प्रतिनिधिसभा काे निर्वाचनमा नवलपरासी पश्चिमकाे क्षेत्र नं. १ बाट अर्बपति विनोद चौधरी र पूर्वमन्त्री हृदयेश त्रिपाठीसहित १४ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसका चौधरी सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका हुन् भने त्रिपाठी स्थानीय तह निर्वाचन अघि आफैले गठन गरेको दल जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनेका हुन् । त्रिपाठी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट नेकपा एमालेको चुनाव चिह्न लिएर निर्वाचित भएका थिए । चौधरी प्रत्यक्षतर्फ पहिलो पटक चुनावी मैदानमा होमिएका हुन् ।सोही क्षेत्रबाट नेकपा एमालेले सिन्धु लजेशा बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।

dengu 3 1

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, नेकपा एमालेका जिल्ला अध्यक्ष एवं निवर्तमान प्रदेशसभा सदस्य दिपेन्द्र अधिकारी र राप्रपाका उपाध्यक्ष एवं पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान लगायतले उम्मेदवारी दिएका छन् ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.