राजेन्द्र महतो र महिन्द्र राय यादव बिच ‘मित्रवत’, तर पेचिलो प्रतिस्पर्धा

40

 काठमान्डाै, असाैज  २४ ।   सर्लाही क्षेत्र नं. २ मा हेर्न लायक चुनावी माहोल बनेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले यो क्षेत्रबाट सांसद बन्न मनोनयन दर्ता गरेका छन् ।
महतोले धनुषा ३ छाडेका उनले सर्लाही २ मा उम्मेदवारी दिएका हुन् । २०७४ को निर्वाचनमा उनी धनुषा ३ मा कांग्रेस नेता बिमलेन्द्र निधिलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । एमाले नेता जुलीकुमारी महतो धनुषा ३ बाट उम्मेदवार बनेपछि महतो सर्लाही गएका हुन् ।
सर्लाही २ मा लोसपा र सत्ता गठबन्धनसँग भागबण्डा नमिलेपछि मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ । मित्रवत भनिए पनि यो प्रतिस्पर्धा कम्ता रोचक हुने छैन । सोही क्षेत्रका निवर्तमान सांसद नेपाल समाजवादी पार्टीका अध्यक्ष यादवले माओवादीको चुनाव चिह्नमा चुनाव लड्ने छन् । नेकपा एमालले यो क्षेत्रबाट राजनारायण साहलाई उम्मेदवार बनाएको छ । यसरी ‘हेभिवेट’ नेतासहितको त्रिपक्षीय भिडन्तका कारण सर्लाही–२को चुनाव रोचक हुने निश्चित छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.