सामुदायिक वनको मिलेमतोमा खोला दोहन

70

कपिलवस्तु, १५ असोज|
चाँडबाडको मौका पारी जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर १ विरपुर स्थित गुडरुङ्ग खोलामा मनोमानी मिस्कट र ढुङ्गा निकालेर खोला दोहन गरिएको छ । खोलामा नगरपालिकाले हाल सम्म ठेक्का प्रक्रिया शुरु नगरे पनि दैनिक जसो दोहन हुदै आएको छ । जन कल्याण सामुदायिक वन क्षेत्रमा पर्ने गुडरुङ्ग खोलामा जनकल्याण सामुदायिक वन र राजकुडा सामुदायिक वनका पदाधिकारीकै मिलेमतोमा खोलाबाट मिस्कट निकालिएको भेटिएको छ । गैरकानुनी रुपमा खोला दोहन गर्ने कार्यमा त्यहिका केहि सामुदायिक वनका पदाधिकारी र केहि अगुवाहरुले अगुवाई गरेको स्थानियको आरोप छ । यसरी खोलामा दोहन हुदाँ प्रहरी चौकी धनचौरालाई जानकारी भए पनि प्रहरी मौन रहदाँ दोहनले बैधता पाएको देखिएको छ ।
लुम्बिनी टुडेलाई प्राप्त भएको भिडियोमा लु ४ त ६४६४ नम्बरको ट्याक्टरले मिस्कट निकालेर ल्याएको प्रष्ट देखिन्छ । गैर कानुनी रुपमा खोलाबाट मिस्कट निकाल्न प्रयोग गरिएको ट्याक्टर स्थानिय शंकर बन्जाडेको रहेको खुल्न आएको छ । प्रहरीले मिस्कट बोकेको ट्याक्टरलाई जनकल्याण सामुदायिक वन क्षेत्रमा नियन्त्रणमा लिएको थियो ।
सो पश्चात ट्याक्टर धनी शंकर बन्जाडे, राजकुडा सामुदायिक वनका अध्यक्ष मिन बहादुर थापा र सोहि सामुदायीक वनका कोषाध्यक्ष हेमन्त मल्लले प्रहरी चौकी धनचौराका ईन्चार्ज प्रहरी सहायक निरिक्षक बामदेव बिष्ट सँग कुरा मिलाएर ट्याक्टर छुटाएका थिए । खोलाबाट निकालिएको मिस्कट बिरपुरको शाखा बाटोमा र अन्यत्र लगेको देखिन्छ । स्थानिय सँग सामाजिक कार्यका लागी गाँउका शाखा बाटोमा खसाल्ने भनिए पनि मिस्कट दुरुपयोग हुदै आएको छ । त्यसै गरि उनै शंकर बन्जाडेकै ट्याक्टरले सोहि खोलाबाट निकालेको ढुङ्गा बिरपुरको भाङ्गघाटमा डम्पिङ्ग गरेर राखेको एक स्थानियले बताए ।
मिस्कर निकालेर फर्केका लु ४ त ६४६४ नम्बरको ट्याक्टर चालकले आफुहरुलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको बताए । ति ट्याक्टर चालकले भने “सर सँग कुरा भयो । आईन्दा नगर्नु, नगरपालिकामा कुरा गरेर गर्नु भन्नु भयो । बाटोमा खसालेको भने पछि छोड्नु भयो ।” । आफ्नै ट्याक्टरले २०÷२५ ट्रिप निकालेको ति चालकले स्विकार गरे ।
त्यस्तै गरि अर्का श्रमिकले प्रहरीले आफुहरुलाई नियन्त्रणमा लिएको भए पनि ट्याक्टर धनी शंकर बन्जाडे, राजकुडा सामुदायिक वनका अध्यक्ष मिन बहादुर थापा असई साहबलाई भनेर ट्याक्टर छुटाएको बताए । बिरपुर टोल बिकास संस्थाका अध्यक्ष थानेश्वर अर्यालले आफुलाई बाटोमा मिस्कट खसालिएको बिषयमा जानकारी नभएको बताए । नियन्त्रणमा लिएको ट्याक्टरलाई समन्वय समितीमा किन नबुझाएको भन्ने टुडेकर्मीको प्रश्नको जवाफमा प्रहरी चौकी धनचौराका ईन्चार्ज प्रहरी सहायक निरिक्षक बामदेव बिष्टले सामुदायिक कामका लागी मिस्कट निकालेरको भनेकाले एक पटकलाई सम्झाएर ट्याक्टर छोडेको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.