बुद्धभूमि नगरपालिका द्वारा चाडपर्व लक्षित बजार अनुगमनलाई तिव्रता

77

कपिलवस्तु । बुद्धभूमि नगरपालिकाले भित्रिदै गरेका नेपालीहरूकाे महान  चाडपर्वहरू दसैँ ,तिहार ,छठलाइ लक्षित गदै  बजार अनुगमनलाइ गति दिएकाे छ । चाडपर्वको अवसरका हुन सक्ने विभीन्न किसिमका अपराधिक क्रियाकलाप लाइ नियन्त्रण तथा राेकथामका लागी नगरपालिका भित्रका बजारमा अनुगमन थालिएको छ । म्याद समिएका सामान बिक्री गर्ने , महँगाेमा बेच्ने जस्ता गैरकानुनी क्रियाकलाप राेक्न अनुगमन सुरु गरिएको उधोग तथा वाणिज्य शाखा प्रमुख अधिकृत विजय भुसालले बताए । अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट गर्ने गरिएको छ ।

नगरपालिकाले बिहिबार वडा २ गोरुसिंगेका बजारमा रहेका होटल किराना पसल तथा चौमिन उधोगमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा प्रतिबन्दित सुर्ती फेला परेको थियो। अनुगमनका क्रममा मूल्यसुची सर्वसाधारणले देख्ने ठाउँमा राख्न, नगरपालिकामा व्यवसाय दर्ता गर्न सुझाव दिइएको भुसालले बताए । साथै उनले नगरले खाद्यान्न, किराना, तरकारी पसलमा निरन्तर अनुगमन जारी राखिने बताए । अनुगमनमा बुद्धभूमि उधोग बाणिज्य संघ,प्रहरी, पत्रकार लगायत उपस्थित थिए।

Leave A Reply

Your email address will not be published.