लुुम्बिनी । नेपाललीको महान पर्व दशैंको अवसर लुम्बिनी विकास कोषले यान्त्रिक परीक्षणका लागि विहिबारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । एसियाली विकास बैंकको सहयोगमा डेढ बर्ष वर्षअगाडि लुम्बिनीमा आएका पाँच वटा विद्युतीय बसको अफिसियल र यान्त्रिक परीक्षणका लागि बौद्ध सर्किटमा निशुल्क बस सञ्चालन गरिएको हो ।बसको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मेत्तय) र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण) ले संयुुक्त रुपमा शुुभारम्भ गरे । शुरभारम्भ समारोहमा बोल्दै कोषका उपाध्यक्ष भिक्षु मेत्तयले गौतमबुुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट आउने पर्यटक र बौद्ध सर्किट वरपरका आन्तरीक पर्यटकलाई लक्षित गरि यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरिएको बताए । उनले लुम्बिनीलाई प्रदुुषण रहित बनाउन विद्युतीय गाडी सञ्चालन गर्ने अवधारण अघि सारिएको बताए ।
एसियाली विकास बैंकले भन्सार प्रक्रिया समेत पूूरा नगरि लुम्बिनीमा विद्युतीय गाडीहरु ल्याएर राख्दा लामो समयसम्म चल्न नसकेको जस्तो सन्देश गएको उपाध्यक्ष मेत्तयको भनाई छ । उनले यान्त्रिक परीक्षणको सफलतापछि निरन्तर सञ्चालन हुने बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निशुल्क रुपमा सञ्चालन गरिएको विद्युतीय बसबाट आन्तरीक पर्यटकले फाईदा लिने बताए । उनले विद्युतीय गाडी सञ्चालनका सन्दर्भमा आइपर्ने सुरक्षा तथा अन्य प्रशासनिक कामहरु आफुहरुले गर्ने प्रतिबद्धता जनाए । उनले निशुुल्क बस सञ्चालनले आन्तरीक पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुुग्ने बताए ।
शुुभारम्भ समारोहमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष एंव विद्युतीय गाडी सञ्चालन कार्यविधिका पूूर्व संयोजक ढुुण्डिराज भट्टराई (सिद्धिचरण)ले विद्युतीय बसको परीक्षण सञ्चालनपछि निरन्तर सञ्चालन गरिने बताए । उनले प्रक्रियागत झन्झट र प्राविधिक बिषयका कारण सञ्चालनमा केहि ढिलाई भएपनि अहिले सबै पक्षको सहयोगमा बौद्ध सर्किटमा विद्युतीय बस सञ्चालन गरिएको बताए । उनले धम्म यात्रा मार्फत आन्तरीक पर्यटकलाई लुम्बिनी र बौद्ध सर्किटमा ल्याउन सहज हुने बताए ।
निकै मेहनतका साथ कार्यदलले कार्यविधि मस्यौदा र सञ्चालन सम्बन्धमा कोषका अध्यक्ष नागरिक उड्डयन, पर्यटन तथा सँस्कृती मन्त्री जीवनराम श्रेष्ठलाई प्रतिवेदन बुुझाएको सोही प्रतिवेदन अनुसार परीक्षण सञ्चालन गरिएको उनले बताए ।दशैं, तिहार र छठ जस्ता पर्वहरुमा आन्तरीक पर्यटकहरुले लुम्बिनी र बौद्धसर्किटका क्षेत्रहरुमा निशुल्क रुपमा यात्रा गरेर सेवा लिन सक्ने गरि बसको यान्त्रिक परीक्षण गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले अहिले नम्बर प्लेटका लागि अनुुमती लिने काम भइरहेको बताउनु भयाे ।