डा. शेरबहादुर पुन अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२२ बाट सम्मानित

35
biddhut

काठमाडौं ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२२ बाट सम्मानित हुने भएका छन्। अमेरिकाको क्यालिफोर्नियामा रहेको एनआरएनए ननरेसिडेन्ट नेपाली एशोसिएसनले अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२२ प्रदान गर्ने भएको हो।

dengu 3 1

उक्त पुरस्कारको राशि ११ सय डलर रहेको छ। एशोसिएसनले नेपालस्थित संस्थाको प्रतिनिधिको उपस्थितिमा आउँदो पुस ७ गते विशेष समारोह आयोजना गरी डा.पुनलाई उक्त पुरस्कार प्रदान गरिनेछ। एशोसिएसनले डा. पुनलाई प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्दै उक्त पुरस्कार प्रदान गर्न लागिएको हो।

आफूलाई पुरस्कार प्रदान गर्ने निर्णयले सेवाको भावनाबाट विचलित नहुन थप प्रेरणा मिलेको डा. पुनले बताए। ‘यस्ता प्राप्त हुने प्रशंसापत्रहरुले म आफ्नो बाटोबाट (सेवाको भावनाबाट) विचलित नभएको र नहुन प्रेरणा दिने गरेको अनुभूति गरेको छु,’ डा. पुनले भने।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.