एमालेले कपिलवस्तुको पकडीमा विशाल जनसभा कार्यक्रम गर्ने

44

 ताैलिहवा ।  कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका पकडीमा नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुको आयोजनामा विशाल जनसभा हुने भएको छ ।असोज ११ गते पकडीमा हुने  नेकपा एमालेकाे जनसभा तथा पाटी प्रवेश कार्यक्रम सम्वाेधन गर्ने एवम उपस्थित हुन नेकपा एमालेका उपमहासचिव एवं पुर्व मन्त्री प्रदिप ज्ञवाली लगायतका केन्द्रीय नेताहरू कपिलवस्तुमा आउने तय भएको छ । कार्यक्रममा जिल्ला भरका हजारौं कार्यकर्ताको उपस्थिती रहने तथा हजारौं मानिसहरु एमाले प्रवेश गर्ने कार्यक्रम तथा अघिल्लाे चुनावमा अत्यन्तै झिनो मतले पराजित लोसपाका केन्द्रिय नेता मकसुधन चौधरी सहित लोसपाका प्राय सबै नेता कार्यकर्ता एमालेमा प्रबेश गर्ने एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भएकाे छ ।

dengu 3 1

जनसभा कार्यक्रममा पाटीका कार्यकर्ता , शुभचिन्तक सबैलाई उत्साहजनक उपस्थिती भई ज्ञान आर्जन गर्न र जनसभा सफल पार्न नेकपा एमाले कपिलवस्तुले सबैमा अपिल गरेको छ । उक्त सभामा ८ हजार बढिको जनसहभागिता रहने पाटी प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।  पछिल्लाे समय तराइका जिल्लामा एमाले प्रवेश गर्ने जनलहर चलेकाे छ । तराइका जिल्लामा कमजाेर रहेकाे एमालेले चुनाव नजिकिए सँगै आफनाे प्रचार प्रसार लाइ आक्रामक बनाउदै गएकाे छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.