कपिलवस्तुमा एकैदिन भएका ३ दुर्घटनामा परि ३ को मृत्युु, ३२ घाईते

38
biddhut

 ताैलिहवा ।  शनिवार कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा भएका ३ वटा दुर्घटनामा परि ३ जनाकाे निधन भएकाे छ भने ३२ जना घाइते भएका छन । दिउँसाे तिन बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको बस  र ट्रक एक आपसमा कपिलवस्तुको बुद्धभूमि–४ बुड्ढीमा  ठाेक्किदा १ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । ३२ जना घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारि दिएकाे  छ ।   शनिवार  ना ७ ख ५९५९ नम्बरको बस र ना ५ ख ५६६५ नम्बरको ट्रक शनिबार दिउँसो ३ बजे एक आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

dengu 3 1

त्यस्तै आजै  शिवराज नगरपालिका का वडा नं. ५  खैरी  र वडा नं. ३ नहरचोक मा भएका छट्टाछुट्टै दुर्घटनामा परि २ जनाकाे मृत्यु भएकाे छ । पछिल्लाे समय कपिलवस्तु जिल्लामा सडक दुर्घटनाहरू बढदै गएका छन ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.