कपिलवस्तु । नेपालीहरूकाे महान चाड दसैँ नजिकिए सँगै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चाडपर्वलक्षित संयुक्त विशेष सुरक्षा योजना २०७९ तयार पारेकाे जनाएको छ । दसैँ ,तिहार , छठ जस्ता पर्वमा जिल्लामा शान्ति सुव्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न् किसिमका याेजनाहरू बनाइएकाे प्रहरी नायब उपरीक्षक मिनबहादुर घलले जानकारी गराउनुभएकाे छ।
बिहिबार तौलिहवास्थित जिल्ला प्रहरी कार्यालयमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा चाडपर्वमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी प्रशासन कार्यालय कपिलवस्तुको समन्वयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण संयुक्त रूपमा प्रहरी परिचालनको रणनीतिक कार्ययोजनाहरू बनाइएको उहाँले बताउनुभएकाे छ ।
चाडपर्व मनाउने तथा मूर्ति विसर्जन गर्ने क्रममा हुनसक्ने धार्मिक तथा साम्प्रदायिक विवाद, पटाकाजन्य विस्फोटक पदार्थको अवैध ओसारपसार र बिक्री वितरण, चोरी तथा लुटपाट, जुवातास, मादक पदार्थ लागूऔषधको सेवनगरी होहल्ला गर्ने, सवारी दुर्घटना तथा कालोबजारी नियन्त्रणलगायतका विषयमा आफूले सुरक्षा योजना बनाएको पनी उक्त कार्यक्रममा बाेल्दै जानकारी दिनुभएकाे छ ।
सुरक्षा योजना जिल्ला सुरक्षा समितिमा पठाइएको र जिल्ला सुरक्षा समितिकाे समर्थनपश्चात् चाडपर्वको समयमा जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई थप प्रभावकारी बनाउन सोही सुरक्षा योजनाअनुसार प्रहरी परिचालन गरिने प्रहरी नायब उपरीक्षक घलेकाे भनाइ रहेकाे छ । गाेरखापत्र