अर्घाखाँचीमा छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण तथा भ्याक्सिनेसन शिविर संचालन गरिने

71

सन्धिखर्क  ।  अर्घाखाँची जिल्लाकाे सदरमुकाम सन्धिखर्क बजार क्षेत्रमा छाडा तथा भुस्याहा कुकुरकाे विगविगी बढेपछी  नियन्त्रण गर्नका लागी  कुकुरकाे स्थायी बन्ध्याकरण गरिने भएकाे छ ।

सडकमा छाडिएका भुस्याहा कुकुरका कारण बजारक्षेत्रमा हिडडुल गर्न तथा विहान क्याम्पस जाने बिद्यार्थी सहित बालबालिका समेत समस्यामा पारेपछि  सन्धिखर्कमा बन्ध्याकरण तथा भ्याक्सिनेसन शिविर संचालन गरि दक्ष चिकित्सकहरुबाट कुकुरहरुकाे बन्ध्याकरण गरिने यस्ताे निर्णय लिइएकाे सन्धिखर्क नगरपालिकाले जानकारी दिएकाे छ।

सन्धिखर्क नगरपालिकाकाे वडा नं १ र २ सहित वडा नं ७ काे फुदवाङ सहित वडा नं १० काे विहार बजारमा रहेका करीव १२० कुकुरलाई वन्ध्याकरण गरिने नगरपालिकाले जनाएकाे छ । भुस्याहा कुकुरकाे स्थायी बन्ध्याकरणकाे लागी  बाेलपत्र प्रकृया अगाडि बढाईसकिएकाे बताईएकाे छ ।

Leave A Reply

Your email address will not be published.