बुटवलमा दसैँ लक्षित सस्तो बजार सञ्चालनको तयारी

44

रुपन्देही । दसैँ नजिकिए सँगैबुटवलमा  सस्तो बजार सञ्चालन गरिने भएको छ । रुपन्देही बुटवल उद्योग वाणिज्य संघले दशैंको घटस्थापना देखि ५ दिनसम्म दशैं सस्तो बजार सञ्चालनको तयारी गरेको  छ । यहि असोजको १० गते घटस्थापनादेखि १४ गते पञ्चमीसम्म सञ्चालन गरिने दसैँ सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरुको सुपथ मुल्यमा विक्रि वितरण गरिने संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताएका छन् ।

dengu 3 1

बुटवल उद्योग वाणिज्य संघको सचिवालय परिसर बालमन्दिरमा प्राङ्गणमा हुने दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरुका स्टल सहित नयाँ नोट सटहीको व्यवस्था मिलाइने छ । संघका महासचिव बिमलराज भट्टराईले दुग्धजन्य उत्पादन, नुन, चिनी, माछा, मासु, अण्डा लगायतका दैनिक उपभोग्य बस्तुहरु दशैं सस्तो बजारमा राखिने छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.