एकदिवसीयमा शतक प्रहार गर्ने १० नेपाली खेलाडी

47

नेपालले आधिकारिक रूपमा सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय प्रतियोगिता खेलेको थियो । आइसिसीले मान्यता दिएको र नदिएको एकदिवसीय खेलमा अहिलेसम्म १० नेपाली क्रिकेटरले शतकीय इनिङ्स खेलेका छन् । नेपालका लागि पहिलो एकदिवसीय शतक राजु खड्काले सन् २००३ मा भुटानविरुद्ध प्रहार गरेका थिए । सन् २०१८ मा नेपालले आधिकारिक रूपमा एकदिवसीय क्रिकेट प्रतियोगिता खेलेको थियो । नेदरल्यान्ड्सविरुद्धको खेल नै नेपालको पहिलो आइसिसीले मान्यता प्रदान गरेको एकदिवसीय खेल थियो ।

आइसिसीबाट एकदिवसीय मान्यता प्राप्त गरेपछि नेपालले विभिन्न सिरिजमा सहभागिता जनाइसकेको छ । यो चार वर्षभित्रमा नेपालबाट पूर्वकप्तान पारस खड्का, वर्तमान उपकप्तान रोहितकुमार पौडेल र पूर्वउपकप्तान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा शतकीय इनिङ्स खेलेका छन् । यद्यपि, नेपालको क्रिकेट इतिहासमा आइसिसीले मान्यता नपाएको एकदिवसीय खेलमा पनि नेपाली खेलाडीले शतकीय इनिङ्स खेलेका छन् । नेपालका पूर्वकप्तान राजु खड्काले भुटानविरुद्ध मान्यता प्राप्त नभएको एकदिवसीय खेलमा शतक प्रहार गरेका थिए । खड्काको यो सफलता नै नेपालको क्रिकेटमा पहिलो एकदिवसीय शतक हो । आसिफ, अनिल मण्डल, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, शरद भेषवाकर र शक्ति गौचनले एकदिवसीय खेलमा शतकीय इनिङ्स खेलेका छन् ।

 पारस खड्का
युएईविरुद्ध एक सय १५ रन

नेपाली क्रिकेटमा पूर्वकप्तान पारस खड्का एकदिवसीय तथा टी–२० क्रिकेटमा शतकीय इनिङ्स खेल्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्धको पहिलो आधिकारिक एकदिवसीय खेलमा पारसले कप्तानी गरेका थिए । ३४ वर्षीय पारसले एकदिवसीय खेलमा चार शतक प्रहार गरेका छन् । एक शतक मात्र उनको मान्यताप्राप्त एकदिवसीय खेल थियो । दायाँहाते ब्याट्सम्यान पारसले सन् २०१९ मा युएईविरुद्ध एक सय १९ रनको शतकीय इनिङ्स खेलेका थिए । कीर्तिपुरको टियू मैदानमा उनले युएईविरुद्ध १५ चौका र एक छक्का ठोके । पारसले १० एकदिवसीय मान्यता खेलमा ३ सय १५ रन बनाएका छन् । उनले ४४ प्रथम श्रेणीमा एक शतक र आठ अर्धशतकको सहयोगमा एक हजार चार सय ९७ रन बनाएका छन् । पूर्वकप्तान पारसले अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा ९ विकेट हात पारेका छन् । पारसले सन् २०१८ मा नेदरल्यान्डविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए ।

 दीपेन्द्रसिंह ऐरी
पपुवा न्युगिनीविरुद्ध एक सय पाँच रन

दायाँहाते ब्याट्सम्यान दीपेन्द्रले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । पूर्वउपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपालका लागि एकदिवसीयमा दुई शतक बनाएका छन् । उनले मान्यताप्राप्त र मान्यता नपाएको एकदिवसीय खेलमा शतकीय इनिङ्स खेलेका थिए । सन् २०२२ मार्चमा दीपेन्द्रले पपुवा न्युगिनीविरुद्धको एकदिवसीय खेलमा चार चौकासहित शतक प्रहार गरे । प्रथम श्रेणीको खेलमा दायाँहाते ब्याट्सम्यान दीपेन्द्रले एक शतकसहित तीन अर्धशतक बनाएका छन् । दीपेन्द्रले २४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दा तीन सय ७३ रन बनाएका छन् । उनले ४५ प्रथम श्रेणी खेलमा एक शतक, तीन अर्धशतकका साथ आठ सय २९ रन बटुलेका छन् । उनले बलिङतर्फ २४ एकदिवसीय अन्तर्राष्ट्रियमा १३ विकेट लिएका छन् ।

 रोहितकुमार पौडेल
पपुवा न्युगिनीविरुद्ध एक सय २६ रन

नेपालका मध्यक्रमका ब्याट्सम्यान रोहितले २५ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा एक शतक र पाँच अर्धशतक प्रहार गरेका छन् । उनले सन् २०२२ को मार्चमा पपुवा न्युगिनीविरुद्ध अन्तर्राष्ट्रिय मान्यताप्राप्त एकदिवीय खेलमा एक सय २६ रनको इनिङ्स खेलेका थिए । उनले सो खेलमा सात चौका र चार छक्का प्रहार गरे । उनले एकदिवसीय खेलमा आठ सय ८ रन जोडेका छन् । रोहितले ४० प्रथम श्रेणी खेलमा एक हजार ४८ रन बनाएका छन् । प्रथम श्रेणीमा उनले एक शतक र पाँच अर्धशतक बनाएका छन् ।

 सुवास खकुरेल
अमेरिकाविरुद्ध एक सय १५ रन 

नेपाली राष्ट्रिय टोलीका सुवास खकुरेलले अमेरिकाविरुद्ध आइसिसी विश्वकप डिभिजन–४ मा शतक प्रहार गरेका थिए । यो खेल पनि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त थिएन । उनले सुवासले सन् २०१२ मा अमेरिकाविरुद्ध १४२ बलमा १ सय १५ रन जोडेका थिए । ३५ वर्षीय विकेटकिपर ब्याट्सम्यान सुवासले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीयमा डेब्यु गरेका थिए । ६ एकदिवसीय खेलमा उनले ९७ रन जोड्दा एक अर्धशतक बनाए । १४ प्रथम श्रेणीमा सुवासले दुई अर्धशतकसहित २ सय २३ रन बनाएका छन् ।

b 4
dengu 3 1

 ज्ञानेन्द्र मल्ल
सिंगापुरविरुद्ध एक सय १४ रन

नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पनि सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा डेब्यु गरेका थिए । ज्ञानेन्द्रले सिंगापुरविरुद्ध आइसिसी विश्व क्रिकेट लिग डिभिजन–३ मा एक सय १४ रनको शतकीय इनिङ्स खेलेका थिए । यो खेल एकदिवसीयले एकदिवसीय मान्यता प्राप्त गरेको थिएन । उनको यस शतकलाई प्रथम श्रेणीमा राखिएको छ । ३१ वर्षीय ज्ञानेन्द्रले ५९ प्रथम श्रेणीमा एक हजार ४ सय ६ रन बनाएका छन् । १९ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा उनले चार सय ८० रन बनाएका छन् ।

 शरद भेषवाकर
फिजीविरुद्ध एक सय पाँच रन

सन् २०१८ मा शदर भेषवाकरले नेदरल्यान्ड्सविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा डेब्यु गरेका थिए । उनले सन् २०१० मा आइसिसी विश्वकप डिभिजन ५ मा फिजीविरुद्ध एक सय ५ रनको शतकीय इनिङ्स खेलेका थिए । उनले एक सय ३४ बलमा आठ चौका र दुई छक्का प्रहार गर्दै शतक प्रहार गरेका थिए । उनले ४ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा एक अर्धशतकसहित ६६ रन जोडेका छन् । ३९ प्रथम श्रेणीमा उनले आठ अर्धशतकको सहयोगमा एक हजार ३७ रन बनाएका छन् । सन् २०२१ सेप्टेम्बरमा ओमानविरुद्ध खेलेयता उनी टोलीबाट बाहिर छन् ।

 अनिलकुमार मण्डल
स्कटल्यान्डविरुद्ध एक सय एक रन

अनिलकुमार मण्डलले अहिलेसम्म नेपालबाट अन्तर्राष्ट्रिय एकदिवसीयमा डेब्यु अवसर पाएका छैनन् । उनले नेपाली टोलीबाट पहिलो श्रेणी खेल खेलेका छन् । उनले सन् २०१४ मा युएईविरुद्ध पहिलो श्रेणीमा डेब्यु गरेका थिए । अनिलले प्रथम श्रेणीमा एक शतक खेलेका छन् । अनिलले सन् २०१५ मा स्कटल्यान्डविरुद्ध ९३ बलमा एक सय १ रन प्रहार गरेका थिए । ३१ वर्षीय अनिलले प्रथम श्रेणीमा १० खेल खेल्दै एक सय ५४ रन बनाए । सन् २०१६ मा नेदरल्यान्ड्सविरुद्धको खेलपछि उनी टोलीबाट बाहिर छन् ।

 शक्ति गौचन
इटालीविरुद्ध एक सय ६ रन 

नेपालका अर्थोडक्स स्पिनर शक्ति गौचनले सन् २०१८ मा एक मात्र अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका थिए । ३८ वर्षका शक्तिले दायाँहाते ब्याट्सम्यान शक्तिले सन् २०१० को आइसिसी डिभिजन ५ मा इटालीविरुद्ध शतक प्रहार गरेका थिए । उनले १ सय ६ रन बनाउन १०६ बलको सामना गरेका थिए । रूपन्देहीका शक्तिले २४ प्रथम श्रेणीमा ६ सय ४८ रन बनाएका थिए । यही फम्र्याटमा उनले २४ खेलमा १ सय ६३ विकेट लिएका छन् । शक्तिले सन् २०१४ मा लिस्ट एमा युएईविरुद्ध डेब्यु गरेका थिए ।

 आसिफ शेख
केन्याविरुद्ध एक सय १० रन

आसिफले गत महिना आइसिसीको मान्यता प्राप्त नभएको केन्याविरुद्धको एकदिवसीय खेलमा शतकीय इनिङ्स खेलेका थिए । उनले एक सय २० बलमा १२ चौका र दुई छक्काको सहयोगमा एक सय १० रन बनाए । आसिफ एकदिसीय अन्तर्राष्ट्रिय नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडीमा दोस्रो स्थानमा पर्छन् । उनले १६ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा पाँच सय १४ रन बनाएका छन् । उनको स्ट्राइक रेट ७७.४० छ । उनले मान्यताप्राप्त एकदिवसीय खेलमा चारपटक अर्धशतक बनाएका छन् । १९ प्रथम श्रेणीको खेलमा  आसिफले पाँच सय ८२ रन बनाए ।

 राजु खड्का
भुटानविरुद्ध एक सय पाँच रन

नेपाली क्रिकेट यतिहासमा पहिलो शतक बनाउने ब्याट्सम्यान राजु खड्का हुन् । सन् २००३ मा तत्कालीन कप्तान राजुले एसिसी इमर्जिङ नेसन्स प्रतियोगितामा भुटानविरुद्ध एक सय पाँच रनको शतकीय इनिङ्स खेलेका थिए । उनले केवल ५० बलमा शतक लगाएका थिए । आइसिसीले मान्यता प्रदान नगरेको एकदिवसीय खेल भए पनि नेपाली क्रिकेटमा उनको यो शतक नै पहिलो बन्यो । राजुले सन् २००४ मा युएईविरुद्ध पहिलो श्रेणीमा डेब्यु गरेका थिए । सोही वर्ष मलेसियाविरुद्ध उनले अन्तिम पहिलो श्रेणी खेल खेलेका थिए । उनले तीन पहिलो श्रेणी खेलमा नेपालका लागि ७५ रन जोडेका छन् ।

साभारः नयाँ पत्रिका

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.