अर्घाखाँची ढाकावाङ्गका २ सय ५० जना नेकपा एमालेमा प्रवेश

88
 अर्घाखाँची जिल्लाको ढाकावाङ्गमा ठुलो संख्यामा राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रका कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा एमाले द्वारा ढाकावाङ्गमा आय‍ोजित पहिलो चुनावी कार्यक्रममा करीब २ सय ५० जना राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी केन्द्रका कार्यकर्ता तथा  समर्थकहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरु लाई नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी र केन्द्रीय कमिटीका सदस्य चेतनारायण आचार्यले अविर तथा खादा लगाएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेकपा एमालेको विजयी अभियानलाई कसैले रोक्न नसक्ने बताउनु भयो । उहाँले ५ दलिय गठबन्धन ठगबन्धनमा रुपान्तरण भएको भन्दै त्यसको औचित्य समाप्त भएको दाबी गर्नुभयो । नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले बिकास ,समृद्धि ,सुशासन र समाजिक न्यायको निम्ति नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो । नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसालले पार्टीमा प्रवेश गर्नेहरूलाई बिना संकोच उचित जिम्मेवारी दिईने बताउनुभयो ।उहाँले चुनावी महाअभियानमा नेकपा एमालेको पक्षमा एकाकार भएर अगाडि बढ्न सबैलाई  आग्रह गर्नुभयो ।
नेकपा एमाले भुमिकास्थान वडा नं.-२ कमिटीका अध्यक्ष रामबहादुर क्षेत्रीको अध्यक्षता र प्रदेश कमिटीका सदस्य प्रेमनारायण गैरेको संचालनमा सम्पन्न कार्यक्रममा एमाले प्रदेश कमिटीका सदस्य केवी भुसाल ,जिल्ला कमिटीका सचिव  तोजबहादुर रायमाझी ,सदस्य बसन्ता पौडेल लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियोे । साभारःअर्घाखाँची डटकम
Leave A Reply

Your email address will not be published.