फाइनलमा बंगलादेशसँग पराजित भएपछि प्रशिक्षक द्वारा पद त्‍याग गर्ने  घोषणा

62

साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा  नेपाल पराजित भएपछि राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले पद त्‍याग गर्ने  घोषणा गरेका छन्। आफ्नो लक्ष्य उपाधि जित्ने भएको र त्यो पूरा नभएपछि पद त्याग गर्ने उनले बताए। ‘मेरो लक्ष्य साफको उपाधि जित्ने थियो। तर त्यो पूरा हुन सकेन। त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ,’ उनले भने,‘अरू प्रशिक्षकलाई स्थान दिन पद त्याग गर्छु।’

यसअघि सोमबार दशरथ रंगशालामा भएको छैंटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप खेलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो। योसमेत गरी नेपाल पाँचौं‌ पटक फाइनलमा पराजित बनेको हो।

Leave A Reply

Your email address will not be published.