तीन प्रदेशमा भारी वर्षाको सम्भावना सतर्कता अपनाउन आग्रह

37
biddhut

काठमाडाैँ  ।  हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रही  देशका केही स्थानहरुमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा  चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

dengu 3 1

सुदूरपश्चिम र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति गण्डकी  र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.