अर्घाखाँची चिया तथा कफी उत्पादनको लागी उतम क्षेत्र – डां.भट्टराई

58

अर्घाखाँची अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा चिया तथा कफीको एकीकृत विकासका लागि बोर्ड र स्थानीय निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा बाेल्दै  राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्याकारी निर्देशक डां विष्णुप्रसाद भट्टराईले सरकारले पछिल्लो समय ९५ प्रतिशत कफीका बोट र चियामा ७५ प्रतिशत सम्म बिमाको कार्यक्रम ल्याउने निर्णय गरिसकेको बताउनुभएको छ । जिल्ला कफी र चियाको लागि उपयुक्त वातावरण भएकोले उत्पादन हुने ठाँउको अध्यान गरिसकेको पनि भट्टराईले बताउनुभयो । नेपालको कफी उत्पादन योग्य १२ स्थान मध्ये अर्घाखाँची ७ औ स्थानमा हावापानीको हिसाबले राम्रो भएको बताउनुभयो ।

 

कफी विकास कार्यालय प्युठानको आयोजनामा भएको कार्यक्रममा कार्यालयका निमित्त प्रमुख एकराज संज्यालले अर्घाखाँचीमा ३४ हजार ६ सय ४९ मेक्ट्रीक टन कफि उत्पादनको क्षेत्रफल रहेको बताउनुभयो । जिल्ला समन्वयका प्रमुख जीब नारायण कोईरालाले आफु ६ वटै स्थानीय सरकार संग उत्पादनमुखी तथा नगदे बालीको कार्यक्रम संचालन गर्न तयार रहेको बताउनुभयो । उत्पादनको लागि सहकार्य गर्न तयार भएको बताउनुभयो ।

 

सन्धिखर्क नगरपालिका मेयर कुष्णप्रसाद श्रेष्ठ,मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई,छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले युवाहरु बेरोजगारीका कारण दिनप्रतिदिन विदेशीएका छन,त्यसो त उत्पादन योग्य जमिन बाझो पनि भएका छन ।यसको न्युनीकरणको लागि उत्पादनदेखि बजार सम्मको व्यवस्थाममा समन्वय भएमा यो कार्यक्रम दिर्घकालीन रुपमा प्रभावकारी हुने कुरामा जोड दिनुभएको थियो ।

 

२०७४ साल सम्म १८ हजार मेक्ट्रीक टन कफी उत्पादन हुँदै आएको जिल्लामा त्यस यता गोबारे किराले गर्दा किसानको उत्पादन घट्दै आएको वरिष्ठ कृषक तथा जिल्ला कफी व्यावसायि संघका कोषाध्यक्ष पुष्करनाथ बन्जाडेले बताउनुभयो । २०४५ सालबाट गुल्मीबाट कफीका बोट लिएर अर्घाखाँचीमा सुरुवात गरियो २०६२ सालबाट उत्पादन दिन सुरु भयो ।

निकै उत्साहका साथ कृषक लागेका थिए । ११ सय बढी कफीका कृषक बनेका थियौं, २०७४ यता को उत्पादन परिणामले आफूलाई निरास पारेको बताउनुभयो । सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घा हिलेका स्थानीय कृषक ताराप्रसाद पौडेलले ३ हजार चियाका बोट लगाउनुभएकोमा १६ वर्ष पछि प्रति केजी चियाको मुल्य २० देखि २५ हजार सम्म मुल्य पर्छ भनेपछि खुशी हुनुभयो ।

 

पाणिनी गाउँपालिका वडा नम्बर ८ की बिना ज्ञवालीले ५५ रोपनी क्षेत्रफलमा ५ हजार कफीका विरुवा यो वर्ष लगाएको बताउनुभयो ।कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख लक्ष्मी ज्ञवाली,पाणिनी गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल, छत्रदेव गाउँपालिका उपाध्यक्ष मनी पन्थी,चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ , प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाइ अर्घाखाँचीका रामनाथ पाण्डे ,घरेलु तथा साना उद्योग कार्यालयका लक्ष्मी प्रसाद दाहाल,उद्योग वाणिज्य संघ उपाध्यक्ष काजी श्रेष्ठ, कफी जोन संचालक समिती अध्यक्ष कृष्ण पाण्डे,राष्ट्रिय चिया तथा कफी विकास बोर्डका लेखा अधिकृत कृष्ण जि.सी लगायतको सहभागीता रहको कार्यक्रम सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईको संचानमा सम्पन्न भएको हो । साभारः अर्घाखाँची डटकम

Leave A Reply

Your email address will not be published.