सांसदको तलब भत्तामा मै २ अर्ब खर्च

71

काठमाडाैँ   ।   संघीय संसदको ५ बर्षको कार्यकालमा ४ अर्ब ५७ करोड ३२ लाख ४० हजार १ सय १२ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७८/०७९ मा संसदका पदाधिकारी, सांसद, स्वकीय सचिव, कर्मचारी, बैठक भत्ता, सवारी साधन मर्मत, घर भाडा लगायत विभिन्न शीर्षकमा सो रकम खर्च भएको हो ।संसदका पदाधिकारी, सांसद, स्वकीय सचिव, कर्मचारी, बैठक भत्ता, पदाधिकारी अन्य सुविधा, पदाधिकारी अन्य भत्ता, महँगी भत्ता लगायतमा मात्रै कूल २ अर्ब ३ करोड २९ लाख ६२ हजार १ सय ९२ रुपैयाँ खर्च भएको छ ।

संघीय संसद सचिवालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा कूल १ अर्ब ४ करोड १४ लाख ३६ हजार ४ सय ८१ खर्च भएको थियो । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब १९ करोड ११ लाख ९७ हजार ७ सय १९ रुपैयाँ खर्च भएको थियो ।आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब १८ करोड ६ लाख ८६ हजार ४ सय ३ रुपैयाँ खर्च भएको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ४ करोड २९ लाख ८८ हजार ४ सय ३१ रुपैयाँ खर्च भएको थियो ।  यस्तै आर्थिक वर्ष २०७८/०७९ मा कूल १ अर्ब १६ करोड ९३ लाख १२ हजार ७८ रुपैयाँ खर्च भएको छ ।

सांसदहरुले बुझे घरभाडामा २५ करोड ५७ लाख 
झण्डै साढे ४ वर्षमा सांसदहरुको घरभाडाका लागि मात्र २५ करोड ५७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । २०७४ फागुनदेखि २०७९ भदौसम्मको ५५ महिनामा सांसदहरुको आवास भाडा बापत यो रकम खर्च भएको हो । प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी कूल ३ सय ३४ सांसदका लागि यो रकम खर्च भएको हो । सांसदहरुको मासिक घरभाडाका लागि मासिक ४६ लाख ५० हजार खर्च हुने गरेको छ । काठमाडौंमा घर नभएका सांसदहरूका लागि मासिक १८ हजार र काठमाडौंमा घर भएका सांसदहरुले ९ हजार रुपैयाँ घरभाडा बापत बुझ्ने गरेका छन् ।

इन्धनमा ३ करोड खर्च
इन्धन शीर्षकमा ५ वर्षमा ३ करोड २ लाख २७ हजार ३ सय ८९ रुपैयाँ खर्च भएको छ ।  संघीय संसद सचिवालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा इन्धनका लागि २७ लाख ७३ हजार ६६६ रुपैयाँ खर्च भएको थियो । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ६९ लाख १६ हजार ३० रुपैयाँ खर्च भएको थियो भने आर्थिक वर्ष २०७६/०७७ मा ७० लाख ७४ हजार ३ सय ७१ रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ७० लाख ५५ हजार ३२० रुपैयाँ खर्च भएको थियो । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ६४ लाख  ८ हजार २ रुपैयाँ खर्च भएको छ ।

Leave A Reply

Your email address will not be published.