लोसपाका सचेतक अरगरिया अब एमाले प्रबेश गर्दै

62

भाद्र ३० काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता उमाशंकर अरगरिया नेकपा (एमाले) मा प्रवेश गर्ने हुनु भएको । असोज ८ गते एमाले औपचारिक रूपमा एमाले प्रबेश गर्ने उहाँले बताउनु भएको छ ।  नेपाली कांग्रेसको राजनीतिबाट आउनु भएका अरगरिया तराई मधेस लोकतानित्रक पार्टी हुँदै उपेन्द्र यादवको पार्टी मधेसी जनअधिकार फोरममा पुगेर ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित हुनु भएको थियो ।

लोसपाको  प्रमुख सचेतकको भूमिकामा रहेका अंगरिया तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दल फुटाउन सहज हुने गरी अध्यादेश जारी गरेपछि उनले तत्कालीन संघीय समाजवादी फोरम छोडेर एमाले प्रवेशको तयारी  गर्नु भएको थियो । उहाँ सहितका नेताहरूले पार्टी छोड्न लागेको थाहा पाएपछि राजपा र समाजवादी फोरमबीच रातारात एकता भएको थियो ।

त्यसको  एकतापछि जसपाको सचेतक हुनु भएको थिए । ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि महन्थ ठाकुर समूहका तर्फबाट मन्त्री समेत बनेता पनि केही हप्तामै सर्वोच्च अदालतको आदेशबाट मन्त्री पद गएपछि उनी महन्थ समूहतिरै लाग्नु भएको थियो। त्यही समूह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रूपमा स्थापित भएको थियो । अंगरिया सचेतक बन्नु भयो ।

आसन्न निर्वाचनको मुखमा आफ्नो टिकट सुनिश्चित गर्दै अरगरिया एमाले केन्द्रीय सदस्यको जिम्मेवारी पाएपछि उक्त पार्टीमा प्रवेश गर्न लागेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो “म एमाले प्रवेश गरेको हो । अब नेकपा (एमाले)को केन्द्रीय सदस्य,” अरगरियाले बाह्रखरीसित भन्नु भयो, “आगामी ८ गते औपचारिक कार्यक्रममा प्रवेश कार्यक्रम हुनेछ ।”

तपाईं त लोकतान्त्रिक राजनीतिको पृष्ठभूमिबाट आएको नेकपा (एमाले)मा कसरी प्रवेश गर्न पुग्नुभयो ?’ भन्ने प्रश्नमा उहाँले आफू मधेसको हितका लागि राजनीतिमा लागेको भन्दै त्यही कारण एमाले प्रवेश गर्न लागेको बताउनु भएको छ ।

“म मधेसको हितका लागि राजनीतिमा लागेको हुँ । त्यसकारण राजनीति आस्थाले कुनै असर पार्दैन,” अरगरियाले भन्नु भयो, “अहिले मधेसलाई सबैभन्दा बढी बुझेको पार्टी एमाले हो । त्यसकारण म एमाले प्रवेश गर्न लागेको हुँ ।”

साभार  बाह्रखरी

Leave A Reply

Your email address will not be published.