असोज ८ देखि हुने नेपाल टी–२० लिगको मिति सर्यो

63

काठमाण्डाै ।  नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गर्ने नेपाल टी–२० लिगको मिति सरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको कारण देखाउँदै लिगकाे मिति सारिएकाे हाे । यसअघि असोज ८ देखि कात्तिक ५ गतेसम्म प्रतियोगिता आयोजना हुने तालिका रहेकाे थियाे । लिगकाे नयाँ मिति भने सार्वजनिक भएकाे छैन ।

लिगमा खेल्ने खेलाडी तथा मैदानको सुरक्षाको लागि गृह मन्त्रालयलाई क्यानले पत्राचार गरेको थियो । तर गृह मन्त्रालयले प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि मात्रै प्रतियोगिता सञ्चालन गर्न भनेको छ ।  प्रतियोगितामा ६ वटा टोली सहभागी हुनेछन् । केही टोलीले विदेशी खेलाडी समेत अनुबन्ध गरिसकेका छन् ।

साभारः उज्यालो अनलाइन

Leave A Reply

Your email address will not be published.