नेपाली कांग्रेस अर्घाखाँचीले ६१ वटै वडामा एकैदिन कार्यक्रम गर्ने

40
biddhut

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले ६१ वटा वडामा एकैदिन एकै समयमा कार्यक्रम गर्ने भएको छ । आउँदो असोज ८ गते शनिवार ६१ वटै वडामा एकै पटक कार्यक्रम तय गरिएको पार्टी प्रचार विभाग प्रमुख सुर्यप्रसाद भुसालले जानकारी दिए ।

dengu 3 1

नेपाली कांग्रेसको जिल्ला कार्य समिति बैठकले ६१ वडामै प्रतिनिधि खटाएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारी स्वरुप कांग्रेसले जिल्ला प्रतिनिधिको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो । कार्यक्रमका लागी पार्टीका पुर्व पदाधिकारी, पुर्व जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधी, पुर्व महाधिवेशन प्रतिनिधी, क्षेत्रिय कार्यसमिती, क्षेत्रिय सदस्य लगायतलाई पार्टीले वडा-वडामा खटाएको छ ।असोज ८ गते शनिवार दिनको ठिक १ बजे एकैसाथ ६१ ओटै वडामा कार्यक्रम सुरु हुने छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.