बाल दिवसकोे अवसरमा तिलोत्तमा नगर प्रमुख द्वारा १४९ जनालाई छात्रवृत्ति

36
biddhut

 बुटवल । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले आफ्नो सेवा सुविधा वापत पाउने रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । ५८ औं राष्ट्रिय बाल दिवसकोे अवसरमा बुधबार नगरपालिकामै आयोजित कार्यक्रममा उनले नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयका १४९ जना जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई ४ हजार रुपैयांका दरले छात्रवृत्ति बाँडेका हुन् । निर्वाचन घोषणापत्रमा खंणले आफूले पाउने सेवा सुविधालाई छात्रवृत्ति वितरण गर्ने प्रतिवद्धता जनाएका थिए ।

dengu 3 1

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको खाणले बताए । घिमिरेले स्थापना गरेको नगर प्रमुख छात्रवृत्ति कोषमा जम्मा भएको रकममा हालका नगर प्रमुख खाणले २ महिनाको सेवा सुविधा थपेर छात्रवृत्ति वितरण गरेका हुन् ।यसअघिका नगर प्रमुख वासुदेव घिमिरेले पनि चुनावी प्रतिवद्धता अनुसार नगर प्रमुखका रुपमा पाएको ५ वर्षे कार्यकालको सबै सेवा सुविधाको रकम सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका थिए ।  अनलाइन खबर बाट         

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.