प्रत्येक तीन सेकेण्डमा एक जनालाई अल्जाइमर हुन्छ

83

काठमाडौं, भदौ २८ गते।  नेपाली समाजमा अल्जाइमर रोगले भयावह स्थिति सिर्जना गरेका विज्ञले तर्क गरेका छन्।

२८ औँ अन्तर्राष्ट्रिय अल्जाइमर दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको छलफल कार्यक्रमा मानिसको जन्म कम हुने र बाच्ने आयु बढ्दै गएको र अल्जाइमर रोगको बारेमा जनचेतना नहुँदा रोग भयावह स्थिति बन्दै गएको विज्ञले तर्क गरेका हुन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिपाटमेन्ट अफ साइक्याटिकका प्रमुख डा. निदेश सापकोटका अनुसार नेपालमा ६० वर्ष माथिका एक सय जना मध्ये १० जनालाई डिमिन्सीया हुने गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्यांक अनुसार विश्वमा प्रत्येक तीन सेकेण्डमा एक जनालाई अल्जाइमर हुने गरेको छ।

डब्लुएचओको तथ्यांक अनुसार २०१९ को तथ्यांक अनुसार विश्वभरी ५० बिलिएन भन्दा बढी ६० वर्षमाथिका मानिसलाई अल्जाइमर रोगको सिकार बनेका छन्।

जसमध्ये ६८ प्रतिशत भन्दा बढी हाम्रो जस्तो मुलुकका मानिसमा यस्तो समस्या देखिने गर्छ। ६५ वर्ष माथिका मानिसमा यो रोगको सम्भावना बढी हुन्छ। तर, ४० वर्षपछि मानिसको नसाहरु सुक्दै जाने हुँदा विस्तारै यो रोगको सिकार हुने गरेको चिकित्सकको भनाइ छ।

चिकित्सकका अनुसार अल्जाइमर्स अर्थात् डिमेन्सिया स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो। स्नायु रोग विशेषज्ञ डा. रिमा राजभण्डारीका अनुसार सम्झने क्षमता कम हुने रोगलाई अल्जाइमर भनिन्छ। अल्जाइमरले व्यक्तिको व्यवहार तथा व्यक्तित्वमा परिवर्तन गर्ने, र्बिसने, अरुलाई विश्वास गर्न नसक्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने अवस्थामा पु र्या‍उछ।

यो रोगको बारेमा जानकारी नहुँदा बिरामी ढिला गरी अस्पताल पुग्ने गरेकोले रोगको उपचार गर्न कठिनाई पर्ने गरेको उहाँले बताउनुभयो।

यदि सुरुवाती चरणमा थाहा पाए पनि अधिकांश बिरामीले उपचारको आवश्यकता महसुस नगर्दा यो रोग विस्तारै बढ्दै जाने चिकित्सक बताउछन्। यो रोग लागेपछि जीवनभर बिरामीलाई हेरचारको आवश्यक पर्छ।

हरेक वर्ष सेप्टेम्बर २१ का दिन मनाइँदै आएको यो दिवस सन् १९९४ देखि मनाउन सुरु गरिएको हो। तर, विश्व अल्जाइमर्स महिना भने सन् २०१२ देखि मनाउन सुरु गरिएको हो। अल्जाइमर्स अर्थात् डिमेन्सिया जसलाई बिर्सिने रोगको नामले हामी बुझ्ने गर्छौँ। यस वर्षको अल्जाइमर्स दिवसको मूल नारा ‘लेट्स टक अबाउट डिमेन्सिया’ अर्थात् ‘विस्मृति रोगबारे चर्चा गरौँ’ भन्ने रहेको छ।

यो रोग एलोइस अल्जाइमर्स भन्ने व्यक्तिले आज भन्दा ११६ वर्ष पहिले पत्ता लगाउनुभएको थियो।

Leave A Reply

Your email address will not be published.