वीरगञ्ज । बाराको आधाभार जंगल क्षेत्र तथा पथलैयादेखि पसाहासम्मको सडक किनारमा ३/४ जना अधवैंशे महिला दैनिक देखिन्छन् । घाँस दाउराका लागि जंगल आएका जस्ता लाग्ने उनीहरुले राजमार्गमा गुड्ने ट्रक तथा मोटरसाइकललाई रोक्छन् । केहीबेर चालक र महिलाबीच कुराकानी हुन्छ । कोही छुट्टिन्छन त कोही सँगै जंगलभित्र जान्छन् । बिहान १० बजेदेखि साँझ ४–५ बजेसम्म सडकमा सवारी रोक्ने र चालक जंगल पस्ने क्रम चलिरहन्छ । प्रहरीका अनुसार उनीहरु यसरी यौन जन्य क्रियाकलापमा संलग्न हुने गरेका छन् । जंगलमा घाँस दाउरा खोज्ने बहानामा ट्रक तथा मोटरसाइकल चालकसँग पैसा लिएरै यौनजन्य क्रियाकलाप हुने गरेको पाइएको छ ।