अर्घाखाँचीको छत्रदेव र मालारानीमा लाईन काटिएपछी ३ सय घर खानेपानीकाे अभावमा

61

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकाका करिब ३ सय घरधुरीले प्रयोग गर्दै आएको खानेपानी नआएपछि खानेपानीको चरम अभाव भएको छ।छत्रदेव गाउँपालिका वडा नम्बर ७ र ८ तथा मालारानी गाउँपालिका-१ का स्थानीयले प्रयोग गर्दै आएको मरेङ्ग बेहोरो खानेपानी आयोजनाको खानेपानी बन्द भएपछि खानेपानीको चरम अभाव भएको हो।

स्थानीय करिब ३ सय घरधुरीले प्रयोग गर्दै आएको खानेपानी आयोजनाले विद्युतको महशुल तिर्न नसकेपछि विद्युत् प्राधिकरण अर्घाखाँची शाखाले लाईन काटेको हो।विद्युतको लाइन कटेपछि विगत ४ दिनदेखि गाउँमा खानेपानीको चरम अभाव भएको स्थानीय जीवनराज आचार्यले बताएका छन्।

Leave A Reply

Your email address will not be published.