नृत्यमा दानवमाथि महाकालीको विजय (फोटो फिचर)

80

काठमाडौं, भदौ २६ गते। काठमाडौं उपत्यका इन्द्रजात्रामय छ। द्वादशीका दिन इन्द्रध्वजाेत्थानदेखि सुरु भएको इन्द्रजात्रामा विभिन्न देवदेवीको पूजाआजा गर्नेदेखि आफ्नो पितृलाई समेत सम्झिने गरिन्छ। विशेषत काठमाडौंमा मनाइने भएता पनि यो जात्रामा भने भक्तपुरको उपस्थिति पनि देखिन्छ। विशेष इन्द्रजात्राको अवधिभर नचाइने महाकाली नाचले भने भक्तपुरको प्रतिनिधित्व गरेको देखिन्छ।

इन्द्रजात्रामा विभिन्न देव देवी निकालिन्छ। किलागल टोलबाट दिं प्याखँ तथा पुलुकिसी, मजिपातको मजिपाः लाखे, हलचोकबाट निकालिने सवः भकु मुख्य हुन्। त्यसैगरी भक्तपुरबाट ल्याइने महाकाली नाच पनि लामो समयदेखि चलिआएको परम्परा हो।

महाकाली नाचमा असत्यमाथि सत्यको जित भएको कुरा देखाइन्छ। पुराणअनुसार पहिले दानवको राज्य थियो। ती दानवले मानिस र देवीदेवतालाई दुःख दिए। भगवान विष्णुले पार्वतीलाई महाकालीको रूप धारण गर्न लगाए। महाकाली दायाँ–बायाँ कुमारी र महालक्ष्मीका साथ युद्ध गर्न आइन्। युद्धमा उनले दानवको वध गरिन्।  यसैको विजयोत्सव रुपमा महाकाली नाचलाई लिइन्छ। पहिले पहिले यो नाच पुरुषले मात्र नाच्ने गर्थे। अहिले समय फेरिएको छ, यो नाचमा महिला र पुरुषकै सहभागिता उल्लेख्य हुन्छ।

गोरखापत्र अनलाइन बाट

Leave A Reply

Your email address will not be published.