एमाले द्वारा माओवादीलाई संघमा ६५ सिट र प्रदेशमा ४५% काे प्रस्ताव

42
biddhut

काठमाडौं ।  निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा एमालेले रणनीति अनुसार सत्ता गठबन्धनलाई विफल पार्ने अर्को प्रयासमा लागेको खुलेको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटलाई लिएर किचलो भैरहेको बेला एमालेले माओवादी लगायतका दलहरूलाई आकर्षक प्रस्ताव पठाएको खुलेको हो ।एमालेकै एक शिर्ष नेताका अनुसार अघिल्लो निर्वाचनमा अप्रत्याशित रूपमा बनेको एमाले माओवादी एकताको योजना र चुनावी सहकार्य जस्तै कुनै मोडलमा सहमति यसपटक पनि एकाएक घोषणा हुनसक्ने सम्भावना बढेको छ । उनका अनिसार एमाले र माओवादीका केही नेता यसको गृहकार्यमै छन् ।

शुक्रबार चितवन पुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन तोड्ने ठूलो षड्यन्त्र भएको अभिव्यक्तिले पनि यसतर्फ संकेत गर्छ । एमाले र माओवादीका दोस्रो तहका केही नेताहरू सहकार्यको वातावरण बनाउन निरन्तर खटिरहेको ती एमाले नेताको दाबी छ ।एमालेले माओवादीलाई कांग्रेससँग सहकार्य गर्दा घाटा हुने र एमालेसँग सहकार्य गर्दा फाइदै फाइदा हुने खाका समेत पठाईसकेको बुझिएको छ । एमालेको आन्तरिक सर्वेक्षणले यो निर्वाचनमा ठूलो क्षति हुने देखाइसकेको अवस्थामा पछिल्लो रणनीति बनेको बताइन्छ ।एमालेका ती नेताका माओवादीलाई ६५ सिट प्रत्यक्ष र प्रदेशमा ४५ प्रतिशत लिएर सँगै चुनावमा होमिन आग्रह गरिसकेको छ ।

माओवादीका दोस्रो तहका नेताहरूले पार्टी नेतृत्वलाई यसबारे जानकारी गराए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने यो विषयमा तत्काल छलफल गर्न नहुने बताएकाले थप छलफल गर्ने वातावरण नबनेको बताइएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेस्ठ र दुई जना अन्य नेताहरूले यसबारे गृहकार्य गरिरहेको खुलेको छ ।निर्वाचनका लागि जिल्लामा पुगेका एमाले नेताहरूले धेरै विकल्पमा माओवादीलाई समेट्नेगरी योजना बनेकाले तत्काल हतोत्साहित नहुन आग्रह समेत गरेको खुलेको छ । नेताहरूले सत्ता गठबन्धन तोड्न हरसम्भव प्रयास भइरहेको भन्दै निर्वाचनको छुट्टै माहोल बन्ने आशा व्यक्त गरेका छन् ।

सत्ता गठबन्धनमा माओवादीले बढी सिटको बार्गेनिङ गर्नुको अन्तर्य पनि यही भएको बताइन्छ । एमाले नेताहरूले कार्यकर्तालाई निराश नहुन भन्दै एमाले र माओवादी एक भएर अघि बढ्ने सम्भावना बढेको बताएका छन् । नेताहरूले माओवादीका नेताहरूलाई नखेद्न पनि आग्रह गरेको बुझिएको छ ।एमाले उपाध्यक्ष पौडेलले सहकार्यको वातावरण बनिरहेकाले माओवादीका नेताहरूलाई नचिढ्याउन आग्रह गरेको रूपन्देही एमालेका एक प्रभावशाली नेता बताउँछन् ।सत्ता गठबन्धनमा सिट बाँडफाट गर्दा माओवादीसहितका दललाई प्रत्यक्षतर्फका आधा दिने र बाँकी कांग्रेसले राख्ने लगभग सहमति जुटेको बताइए पनि किचलो भने कायम नै छ । एमालेको ढाडसकै कारण माओवादीको बार्गेनिङ पावर बढेको कांग्रेसका एक पदाधिकारीको दाबी छ ।

dengu 3 1

उनका अनुसार एमालेले माओवादीलाई पठाएको प्रस्तावको सूचना प्रधानमन्त्री देउवाले पाइसकेका छन् । उनका अनुसार यदि कांग्रेस लचिलो नबनेको खण्डमा माओवादी र एमाले मिल्न सक्ने सम्भावना छ ।एमालेका शिर्ष नेताहरूले नै चुनाव हार्ने निश्चित भएकाले ६० सिटको अफर गरिए पनि केही सिट बढाएर फेरि प्रस्ताव पठाउने र माओवादीसँग तालमेल गर्ने योजनामा एमाले छ ।एमाले स्रोतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा यस्तो तयारी भैरहेको हो । उनका अनुसार माओवादीलाई दिन सकिने सिट र क्षेत्र समेत एमालेले खाका तयार गरिसकेको छ । त्यही योजना अनुसार अघि बढ्न एमाले अध्यक्ष ओलीले प्रस्ताव नेताहरूलाई निर्देशन दिएकाले पौडेल लगायतका नेताहरू हौसिएका छन् । पहिलो प्रस्ताव पठाए पनि माओवादीका तर्फबाट अहिलेसम्म जवाफ आएको छैन ।

एमालेकै योजना अनुसार विभिन्न दलहरूलाई यस्ता खालका विभिन्न प्रस्ताव पठाइएको एमाले स्रोतको दाबी छ । स्रोतका अनुसार माओवादीले नमानेपनि गठबन्धनका केहि दल यसमा सकारत्मक छन् । १६५ सिटमध्ये आधा कांग्रेसले राख्ने र बाँकी आधा अन्य दलले भाग लगाउने सहमति भएको बताइए पनि कांग्रेस भित्रको किचलोका कारण गठबन्धनमा कुनै पनि बेला समस्या आउने देखिन्छ । गठबन्धनमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले २५-२५ सिटमा दाबी गरेका छन् । एमालेसँग समानान्तर छलफलमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो अडान छोडेका छैनन् । यसको कारण पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि समानान्तर छलफल रहेको बताइन्छ ।

b 4

उपेन्द्रले ओलीसँग समानान्तर छलफल गरेको सूचना गठबन्धनका नेताहरूले पाएपछि शुक्रबार यादवले गठबन्धन नछोड्ने स्टेटमेन्ट दिनुपरेको थियो । यादवलाई सकेसम्म गठबन्धनमा टिकाउने नत्र लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई भित्र्याउनेबारे पनि छलफल चलिरहेको छ ।यता एमाले अध्यक्ष ओलीले लोसपा नेताहरुसँग पनि निरन्तर भेटेर चुनावमा गठबन्धन गर्न आग्रह गरेका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुरले यसबारे पार्टीमा छलफल गरेर मात्रै निर्णय गर्ने जवाफ ओलीलाई दिएका छन् ।

नयाँ सरकार बनेदेखि नै गठबन्धन टुटाउन अनेक प्रयास गरिरहेका एमाले अध्यक्ष ओली चुनावसम्म कुनै पनि हालतमा सफल हुने रणनीतिमा रहेको देखिन्छ । यसै योजना अनुसार माओवादी र गठबन्धनका अन्य दलहरूलाई निरन्तर इङ्गेज गरिरहेका छन् ।सत्ता गठबन्धन रहिरहे एमालेका लागि यो निर्वाचनमा अत्यन्तै खराब नतिजाको सामना गर्नुपर्ने भएकाले पनि सके माओवादी वा अन्य दलालाई लिएर सहकार्य गर्ने त्यो पनि नभए गठबन्धन टुटाउने योजनाबद्ध तयारीमा एमाले छ ।

स्राेत हिमाल पाेष्ट

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.