बुटवलमा विद्यालय हिँडेका तीन बालक शुक्रवार देखी बेपत्ता

78

तिलोत्तमा । बुटवलमा विद्यालय जान भनेर निस्केका तीन बालकहरू शुक्रवार देखी  बेपत्ता भएका छन् ।  बुटवल उपमहानगरपालिका-११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल  बेपत्ता भएको आफन्त हरूले जनाएका छन् ।  तीमध्ये लम्साल र पौडेल बुटवलको-११ देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर माविको कक्षा ९ मा र पन्थी नहरपुर माविको कक्षा ८ मा अध्ययनरत थिए । शुक्रबार विद्यालय जान्छौँ भनेर हिँडेका बालक सम्पर्कमा नआएपछि आफन्तले खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका थिए ।

नवीन औद्योगिक कदरबहादुर माविका प्रधानअध्यापक प्रेमबहादुर बस्नेतले विद्यार्थी शुक्रबार विद्यालय नआएका र ती दुवै विद्यार्थी पढाइमा मध्यम खालको रहेको जानकारी दिए ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले हराएका बालकको खोजतलास सुरु भएको बताए । उनेले भने, ‘हामीले हराएको सूचना आएपछि खोजतलास सुरु गरेका छौँ, उनीहरुको छिट्टै पत्ता लाग्छ ।’

Leave A Reply

Your email address will not be published.