गुल्मीको रुरुक्षेत्र गाउँपालिकाद्वारा कुकुरलाई स्थायी बन्ध्याकरण

37
biddhut

काठमाण्डाै  ।  गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले सामुदायिक कुकुरलाई स्थायी बन्ध्याकरण गरेको छ । कुकुरलाई व्यवस्थापन गर्ने उद्देश्यले बन्ध्याकरण अभियान अन्तर्गत गाउँपालिका भित्रका झण्डै ६० वटा कुकुरलाई बन्ध्याकरण गरिएको अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको प्राविधिक सहयोगमा गाउँपालिकाले कुकुरमा बन्ध्याकरण अभियान नै चलाएको हो ।

dengu 3 1

कुकुरको बन्ध्याकरणले सामुदायिक कुकुरको सङ्ख्या नियन्त्रण, गाउँघरका अरु पशुचौपायालाई टोक्ने समस्या तथा रेबिज रोगको जोखिम रोकथाम हुने भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख डाक्टर भरत काफ्लेले बताउनुभयो ।विगतमा कुकुरको समूह नै गाउँमा पसेर घरमा पालेका पशुचौपायालाई टोक्ने र मार्ने गरेपछि समस्या बढ्दै गएको थियो ।पशुचौपायालाई टोकेर हैरान पार्न थालेपछि स्थानीय बासिन्दाले कुकुर नियन्त्रण गर्न गाउँपालिकालाई निरन्तर दबाब दिएका थिए ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.