ताैलिहवा । जननायक तथा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बिपि कोईरालको १०८ औ जयन्तीका अवसरमा कांग्रेसलाई बलियो बनाउनु पर्नेमा जोड दिइएको छ ।
कांग्रेस कपिलवस्तुद्धारा बिपि जयन्तीका अवसरमा तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित अन्तरक्रियाका बक्ताहरुले नेता कार्यकर्ताहरुले आफनो ब्यक्तिगत स्वार्थलाई त्यागेर पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड दिए । सो अवसरमा कांग्रेस कपिलवस्तुका नेता तथा पुर्वमन्त्री दीप कुमार उपाध्यायले कांग्रेस ब्यक्तिगत र गुटगत स्वार्थमा लाग्दा कमजोर भएको बताए । उनले संगठन बिधि बिधान अनुसार चल्नु पर्ने र त्यागको भावना समते राख्नु पर्ने बताए । आसन्न मंसिर ४ गतेको निर्वाचनमा उनले कांग्रेस एकजुट हुनु पर्ने बताए । अहिले पार्टीले सही ब्यक्तिलाई टिकट दिनु पर्ने र कन्द्रले गरेको गबन्धनको निर्णयलाई सबैले स्विकार गर्नु पर्ने बताए ।
सो अवसरमा नेता राजेश सिंहले बिपिको बिचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । उनले २०१५ सालको पहिलो आम निर्वाचन तथा २०४६ सालको प्रजातन्त्र आउनुमा पनि बिपि कै ठुलो योगदान रहेको चर्चा गरे । उनले २०१७ सालका बिपिको निर्वाचित सरकारलाई हटाएर राजा महेन्द्रले पंचायती ब्यवस्था लागु गरे पनि बिपिको ब्यक्तित्व र बिचारलाई कदर गर्ने गरेको बताए । ‘बिपिको बिचार, ब्यक्तित्व र सादगी बर्तमान परिबेशमा पनि सान्दर्भिक छ’ उनले भने । पार्टी पुर्व सभापति राजेश आचार्यले आचार्यले बिपिको राष्ट्रियता, प्रजातन्त र समाजबाद तथमा मेलमिलापको नीति अहिलेको आवश्यक्ता रहेको बताए । उनले बिपिले कांग्रेस कमजोर भएर प्रजातन्त्र समेत कमजारे हुने भनेको कुरा सही साबित भएको चर्चा गर्दा पार्टी बिपिको सिद्धान्तले चले धेरै समस्या टर्ने बताए । बिपिको सिद्धान्त अनुसार समाजमा भेदभाव, अन्याय र बिभेदलाई त्याग्नु पर्ने बताए । उनले पार्टी उनले पार्टीमा पुराना नेताहरुको सम्मान र नयाँहरुलाई समेत उचित स्थान हुनु पर्ने बताए । पुर्व पार्टी जिल्ला सभापति सुधाकर पाण्डेयले बिपिको बिचारलाई बिर्सदै गएकाले अहिले पार्टीकामा धेरै समस्या उत्पन्न्न भएको बताए । राष्ट्रियता, प्रजातन्त्र, समाजबाद तथा मेलमिलापको नीतिलाई अंगालिएर पार्टी बलियो हुने उनले बताए । पार्टी उप सभापति हुमाकान्त खनालको अध्यक्षता पार्टी सचिव शक्ति सिंह ठकुरीको संचालनमा भएको कार्यक्रममा नेता कमलेश कुमार शर्मा, रमशे शर्मा, रामआषिश पाण्डेय, शोहरत तेली, मोहम्मद वजिह अर्सद लगायतले मन्तब्य दिएका थिए ।