पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउदै महानगर

48

काठमाण्डाै  ।   काठमाण्डाै महानगरपालिकाले आज शुक्रवार बिहानदेखि पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै आजदेखि अव्यवस्थित संरचना हटाउन सुरु गरेको हो ।वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथ वरपर निर्माण गरिएका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरे पनि उनीहरूले नहटाएका कारण महानगरको टोलीले हटाउन सुरु गरेको हो । पटक–पटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आफैँ स्थलगतरूपमा उपस्थित भएर संरचना हटाउन थालिएको अध्यक्ष सङ्गतले बताउनुभयो ।

dengu 3 1

पशुपति क्षेत्रका पसल व्यवसायीलाई आज अवैध संरचना हटाउन आग्रह गरिएको र यसलाई अवज्ञा गरे शनिवारदेखि महानगरले सामान उठाएर लैजानेसमेत अध्यक्ष सङ्गतले जानकारी दिनुभयो । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाबाट भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचना आजदेखि बन्द गरिएको वडा कार्यालयले जनाएको छ । दशैँ–तिहारजस्ता चाडबाडका बीचमा पसल हटाउँदा रोजीरोटी गुम्ने अवस्था आएकाले महानगर तथा वडा कार्यालयले आफ्ना समस्याका विषयमा विचार गरी चाडबाडसम्म पसल सञ्चालन गर्न दिन व्यापारीले आग्रह गरेका छन् ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.