निर्वाचनको लागि १० अर्ब भित्र रहेर खर्च गर्न अर्थ मन्त्रलायकाे स्वीकृत

39
biddhut

  काठमाण्डाैँ  । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि  निर्वाचन आयोगलाई १० अर्ब भित्र रहेर खर्च गर्न अर्थ मन्त्रलायले स्वीकृति प्रदान गरेकाे छ । १० अर्ब भित्र रहेर खर्च गर्न स्वीकृति आएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगले यसअघि निर्वाचनका लागि १० अर्ब ९८ करोड रुपैयाँ माग गरेको थियो। निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाई भइरहेको छ।

dengu 3 1

आयोगका अनुसार हाल सातै प्रदेशका लागि मतपत्र छपाई भइरहेको छ। प्रतिनिधि सभातर्फको मतपत्र भने छपाई सुरु हुन बाँकी छ। प्रत्यक्षतर्फको मतपत्र भने उमेदवारको टुंगो लगाइसके पछि मात्रै छापिने आयोगले जनाएको छ। अर्यालका अनुसार प्रत्यक्ष र समानुपातिक गरी कूल ८ अर्ब मतपत्र छापिने छ। प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदै छ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.