काठमाडौं । असोज ८ गतेदेखि काठमाडौंमा सुरु हुने नेपाल टी -२० लिगको मेन्टरमा अष्ट्रेलियन पूर्व क्रिकेटर ब्रेट ली नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार लीलाई मेन्टर नियुक्त गरेको हो । सोल्टी होटलमा कार्यक्रम गरी क्यानले लीलाई सार्वजनिक गरेको छ । ६ टिम सहभागी रहने नेपाल टी-२० लिग असोज ८ गतेदेखि काठमाडौंमा सुरु हुँदै छ ।