गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल पुनः जनता समाजवादीमै फिर्ता

39
biddhut

रूपन्देही ।  गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जनता समाजवादीका पार्टीका प्रदेश सदस्य बच्चुलाल केवट नेकपा एमाले प्रवेश गरेकाे एक दिनमै पार्टी छाडेर पुन जनता समाजवादीका पार्टीमा  फिर्ता भएका छन । केवट वुधबार मात्रै एमाले सचिव छविलाल विश्वकर्मा, नेता खिमलाल भट्टराई, ठाकुर गैरेको हातबाट टीका लगाएर पार्टीमा प्रवेश गरेका थिए ।पार्टीमा प्रवेश गरेकाे एक दिन पछी मात्र  केवटले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्रको असन्तुष्टिले एमालेमा गएको तर आफ्नो गल्ती स्वीकार गर्दै जसपामै फर्किएको जनाएका छन् ।

dengu 3 1

‘पार्टीको आन्तरिक असहमतिका कारण असन्तुष्ट भएर एमालेमा लागेको थिएँ । पछि आत्मग्लानी भयो । ’ उनले विज्ञप्तिमा लेखेका छन् ‘पार्टीको कार्यकर्ता र नेतृत्वको माया देखेर पुनः पुरानै घर फर्किएको छु ।’ उनले आफूले गलत निर्णय लिएको र यसबाट कार्यकर्ता तथा शुभचिन्तकमा पर्न गएको असरको लागि माफी मागेका छन् । उनले अबका दिनमा जसपामै सक्रिय भएर लाग्ने समेत प्रतिवद्दता जनाएका छन् ।अहिले उनले आफ्नो मोबाइल अफ गरेका छन् । जसपा जिल्ला अध्यक्ष रामअवतार यादवले केवटले आफ्नो गल्ती स्वीकार गरेर पार्टीमा फर्केको बताए ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.