प्रतिनिधीसभा तर्फ शाह र पोखरेल, कसले पाउछ टिकट ?

66

कपिलवस्तु । नेपाली कांग्रेस जिल्ला कार्य समितिले कपिलवस्तु क्षेत्र नं ३ को उम्मेदवारहरुको नाम टुंगो लगाई प्रदेशमा सिफारिस गरेको छ । जिल्ला सभापती अब्दुल कलामको सभापतित्वमा बसेको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनमा आकांक्षीको नाम नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिलाई पठाइएको छ ।

कपिलवस्तु क्षेत्र नं ३ प्रतिनिधी सभा सदस्य प्रत्यक्षको लागि अभिषेक प्रताप शाह र हरि प्रसाद पोख्रेलको नाम प्रदेश समितीलाई पठाइएको छ । त्यस्तै क्षेत्र नं ३ (क) तर्फ प्रत्यक्ष जमशेर अली मियाँ, अकिल मियाँ र अब्दुल तौव्वाबको नाम पठाइएको छ ।क्षेत्र नं ३ (ख) प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फ विरेन्द्र कनोडियोको नाम प्रदेश समितिमा सिफारिस गरीएको नेपाली कांग्रेसले जनाएको छ । क्षेत्र नं ३ प्रतिनिधी सभा समानुपातिक तर्फ रुपा विश्वकर्मा, कपिलवस्तु क्षेत्र नं ३ (क) समानुपातिक तर्फ इश्वरी प्रसाद पाण्डे, तारादेवी चौधरी, विनोद नेपाल, निर्माला देवी कुर्मी, शुशिला बेल्बासे, गोमादेवी पाण्डे, नैनकला रेग्मी जयकरण पासीको नाम प्रदेश समितिमा सिफारिस गरिएको हो ।

त्यस्तै क्षेत्र नं ३(ख) को समानुपातिक तर्फ समानुपातिक तर्फ प्रदेश सभा सदस्यको लागि ब्राम्हानन्द उपाध्यय, विजय लक्ष्मी द्धवेदी उपाध्याय, भरत किशोर चौधरी, जानकी यादव र किफायतुल्लाह खाँको नाम नेपलाी काग्रेस लुम्बिनी प्रदेश समितिलाई सिफारिस गरेको छ । समानुपतिक तर्फ सिफारिस भएका जानकी यादव गत स्थानिय तहको निर्वाचनमा विजयनगर गाँउपालिकामा जनता समाजवादी पार्टीको तर्फबाट गाँउपालिका अध्यक्ष पदको उम्मेदवार हुनुभएको थियो । त्यस्तै किफयतुल्लाह खाँ कृष्णनगर नगरपालिकामा मेयर पदका स्वातन्त्र उम्मेदवारको रुपमा स्थानिय तहको निर्वाचनमा होमिएका थिए ।

 

Leave A Reply

Your email address will not be published.