लागुऔषध मुद्दामा ६७ वर्षीया महिला पक्राउ

65

लागुऔषध (चरेश) मुद्दामा जाजरकोट नलगाड नगरपालिका ३ की एक वृद्ध पक्राउ परेकी छन्। ८ वर्षअघि अदालतबाट सजाय सुनाइएपछि उनी फरार रहेकी थिइन्।  उनीविरूद्ध २०७१ मंसिर २५ मा बाँके जिल्ला अदालतबाट लागुऔषध मुद्दामा एक वर्ष तीन महिना कैद सयाज पाएकी ६७ वर्षीया ओमकुमारी थापालाई पक्राउ गरी प्रहरीले जेल चलान गरेको हो। उनलाई घरबाटै पक्राउ गरेर जिल्ला अदालत उपस्थित गराई भदौ १९ मा कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.