बबई–तुलसीपुर सडक चार लेन विस्तार आयाेजना : ४३ महिनामा १० प्रतिशत काम

43

दाङ । दाङको बबई नदीदेखि तुलसीपुरसम्मको झन्डै २८ किलोमिटर सडक विस्तारको काम ४३ महिनामा १० प्रतिशतमात्र भएको छ । जिल्लाकै गौरवको योजनाको रूपमा रहेको चार लेन सडक विस्तार आयोजनाको काम अलपत्र परेको हाे । ३० महिनामा १४ किलोमिटर सडक दुई लेन र झन्डै १४ किलोमिटर सडक चार लेन बनाउन २०७५ साल पुसदेखि काम सुरु गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्डा इन्फ्रा प्रोजेक्टले जिम्मा लिएको हो । तर अहिलेसम्म सडकको किनारा खन्नेबाहेक अन्य काम नगन्य मात्रमा भएको छ

dengu 3 1

४३ महिनामा सात जना सब कन्ट्र्याक्टर फेरिइसकेका छन् तर काम भने १० प्रतिशतमात्रै भएको चार लेन सडक आयोजनाले जनाएको छ । सडक विस्तारको काम गर्ने भन्दै निर्माण व्यवसायीले कालोपत्र गरिएको सडकको दुवै तर्फको भाग खनेर छाेड्दा दुर्घटना बढेको यातायात व्यवसायी बताउँछन् । सडक चार लेन बनाउन सुरु भएको साढे तीन वर्षको अवधिमा गाडी दुर्घटना हुँदा यही सडकमा मात्रै २४ जनाको ज्यान गएकाे जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ । अहिलेकै गतिमा काम हुने हाे भने ३६ वर्षसम्म पनि सडक विस्तारको काम सम्पन्न नहुने देखिएको भन्दै जिल्लाका व्यवसायीले अहिलेकाे निर्माण कम्पनीसँग सम्झौता रद्द गरी नयाँ टेन्डर प्रक्रिया सुरु गर्नुपर्ने बताएका छन् ।

सडक विस्तारकाे जिम्मा पाएकाे निर्माण कम्पनीका प्रतिनिधि शेखर शर्माले भने अब काम छिटो हुने बताउनुभयाे । तर अहिलेसम्मको कार्य प्रगति हेर्दा तेस्राे पटक थप गरिएको समय आउँदाे असारसम्म काम सम्पन्न हुने अवस्था नदेखिएको चार लेन सडक विस्तार आयोजना प्रमुख अर्जुन बम बताउनुहुन्छ । यसैबीच जिल्ला समन्वय समिति दाङले निर्माण व्यवसायी, सडक विस्तार आयोजनाको कार्यालय तथा सरोकारवालसँग सडक विस्तारकाे बारेमा छलफल गरेको छ ।  भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार अमेरिकी डलर अर्थात् झन्डै दुई अर्ब रुपियाँको लागतमा सडक विस्तारको काम सुरु भएको हो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.