‘प्रचण्ड’ को चुनावी कमाण्डर रेनु दाहाल

36
biddhut

काठमाडाैँ  ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चुनावी कमाण्डर रेनु दाहाल तोकिएकी छन्। आइतबार बसेको माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको बैठकले रेनुलाई चितवन क्षेत्र नं ३ को जिम्मेवारी दिएको हो।प्रचण्ड चितवन क्षेत्र नं ३ का सांसद हुन्। मंसिर ४ मा हुने संसदीय चुनावमा उनले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्।

dengu 3 1

रेनु भरतपुर महानगरकी मेयर हुन्। प्रचण्डकी छोरी रेनु माओवादी चितवनकी इन्चार्जसमेत हुन्। भरतपुर महानगरका वडाहरू चितवन क्षेत्र नं २ र क्षेत्र नं ३ मा बाँडिएका छन्। वडा नम्बर ६, ८, ९ र १३ देखि २८ क्षेत्र नम्बर ३ पर्छन्। आजको बैठकमा दाहालले चितवन क्षेत्र नं ३ बाट प्रचण्डको मात्रै नाम सिफारिस भएको जानकारी समेत गराएकी थिइन्। प्रचण्डले बागमती प्रदेशका सबै केन्द्रीय सदस्यहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिएका छन्।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.