१२ भदौ , कपिलवस्तु । १५७ औ मोतिराम जयन्तीको अवसरमा कपिलवस्तुको तौलिहवामा कबिता बाचन र श्रद्धाञ्ली कार्यक्रम गरिएको छ । कपिलवस्तु नगरपालिकाको सहयोगमा बिश्व नेपाली साहित्यिक समाज र नव कपिलवस्तु साहित्यिक समाजको आयोजनामा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा कवि मोतिराम भट्टले नेपाली साहित्यको विकासमा गरेको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा सहभागी वक्ताहरुले साहित्य क्षेत्रको विकासका तिनै तहका सरकारले खासै चासो नदिएको र श्रष्ट्राहरुको सम्मान समेत नगरको भन्दै गुनासो पाेखेका थिए ।
कार्यक्रममा ७ जनाले कबिता, २ जनाले मुक्तक, २ जनाले गीत बाचन गरेका थिए । सो अवसरमा कपिलवस्तु नगरपालिकाकी उममेयर सुनिता गुप्ताले देशको अमुल्य निधिहरुको राज्यले सम्मान गर्नु पर्ने बताईन । उनले साहित्य क्षेत्रको विकासकालागि आफनो पालिकाले समेत बजेट बिनियोज गरिने उनले बताईन । सकुन्ताला पौडेकाले अध्यक्षता भानु चुर्तबेदीको संचालनमा भएको कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, पत्रकार महासंघ कपिलवस्तृका अध्यक्ष किरणमान बज्राचार्य, पशुपति प्रताप पुस्तकालयका अध्यक्ष राजेश कुमार पाण्डेय, रबि चन्द शाक्य, वरिराम चौरसिया लगायतले मन्तब्य दिएका थिए ।