कृष्णनगर । कपिलवस्तुको बहादुरगंजमा समुदाय प्रहरी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम ट्राफिक प्रहरी कार्यालय बहादुरगंजका प्रमुख प्रहरी सहायक निरिक्षक प्रकाश बिश्वकर्माको नेतृक्तमा कार्यक्रम सम्पन्न भएको छ ।
बिश्वकर्माले बहादुरगंज अटो रिक्सा व्यवसायी संघ बहादुरगंजका आटोका ड्राइवरहरुलाई ओवर टेक गर्ने तरिका लगायत, लाइसेंस नाभएकाहरुलाई लासेन्स बनाउंन र आटोमा जाति सीट हुन्छ त्यती सवारीलाईमात्र बसाल्ने समेतमा ब्रीफिंग गरेका थिए । कार्यक्रममा अटो रिक्सा व्यवसायी संघ बहादुरगंजका अध्यक्ष नियाज़ प्रधान, कोषाअध्यक्ष मन्नान, सचिव जय प्रकाश मौर्याको उपस्थिती थियो ।