कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरमा समुदायको सहभागीतामा प्रतिजैविक प्रतिरोध (Antimicrobial Resistance)सम्बन्धि लघु चलचित्र प्रर्दशन गरिएको छ । जथाभावी औाषधी सेवनले पार्ने असर र त्यसको न्युनीकरणकालागि जनचेतना फैलाउन हर्ड इन्टरनेसनल को प्राबिधिक सहयोगमा सम्पुर्ण कार्यशालाका सहभागीहरुको आयोजनामा चलचित्र प्रर्दशन गरिएको हो । शरीरमा रहेका आखाले नदेख्ने भारईरस, ब्याक्टेरिया, परजिवी, ढुसी जस्ता किटाणुहरुले गर्दा लाग्ने रोगहरु बिरुद्ध प्रयोग गरिने औषधीलाई प्रति जैविक औषधी (एन्टिमाईक्रोबियल) भनिन्छ ।
औषधीको अनुचित प्रयोगले शरिरका किटाणुले औषधीबिरुद्ध प्रतिरोध गर्छन जसले गर्दा प्रयोग गरिने औषधीले काम गर्न छाड्दछ । यस्तो अवस्थालाई प्रतिजैविक प्रतिरोध भन्ने गरिएको हर्डबाट आबृति अर्ज्यालले बताईन। प्रति जैविकले पार्ने असर र त्यसको जनचेतनाकालागि त्यही समुदायका १३ जनासहभागीलाई तालिम दिईएको थियो । उनीहरुआफूले नै त्यस बारेमा लघु चलचित्रबनाएका थिएर त्यसैलाई अहिले प्रर्दशन गरिएको हो । खुल्ला रुपमा औषधी किन्न र प्रयोग गर्न पाईने, ताकिएको औषधीको पुरा मात्र नलिइ बिचैमा छोड्ने, सरसफाइको कमीवा अभावले, त्यस प्रकारको औषधी अधिक सेवन गरेका पशुजन्य उत्पादनको प्रयोग, औषधीको अत्यधिक प्रयोग र दुरुपयोगले एन्टीमाईक्रोबियल निम्त्याउने अर्ज्याललेबताईन ।
प्रतिजैबिक प्रतिरोधभएमा उपचार गर्न गाह्रो हुने र अस्पतालको बसाई लम्बिने, उपचार खर्चिलो हुनेसाथै अन्य असरहरु बढ्नेउनले बताईन । यही एन्टिमाईक्रोबियल प्रतिरोध सम्बन्धि कार्यशाला गोष्टीका सहभागी लोकमणि पौडेलले प्रतिजैबिक प्रतिरोधबाट बच्न जथाभावी औषधी प्रयाग नगरी डाक्टरहरुको सल्लाह अनुसार औाषधी पुरा मात्रामा सेवन गर्नु पर्ने बताए । उनले अहिले गाउ-घरमा जथाभावी औषधी सेवन गर्ने चलन बढलेको यस बारेमा सुमदायहरुलाई सचेत गराउन नै यो कार्यक्रम गरिएको उनले बताए । सो अवसरमा कपिलवस्तु नगरपालिकाकी उप-मेयर सुनिता गुप्ताले अहिले गाउघरमा औषधी सेवनमा लापरबाही गरिएकाले त्यसलाई बेलैमा रोक्नु पर्ने बताईन ।उनले समुदायहरु यस बारेमा आफै सचेत बन्नु पर्ने र सबै निकायले मिलेर यस बारेका काम गर्नु पर्नेबताईन। कार्यक्रमा वडा नम्बर ९ का अध्यक्ष दिपक गुरुङ, वडा नम्बर १० अध्यक्ष मोहनलाल शर्मा, सहभागी घनश्याम पोख्रेल,कनकमुनी उमाबिका प्राचार्य अफाक अहमद खा,नगरपालिकाका बिभिन्न प्रतिनिधि, लागतअरु सरोकारवाला ब्यक्ति हरुले मन्तब्य दिएका थिए ।