अनाधिकृत संरचनामा डोजर चलाउदैँ काठमाडाैँ महानगरपालिका

44

काठमाडौं। काठमाडौं महानगरपालिका महानगरभित्र अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउन केन्द्रित भएको छ। नक्सा पास गर्दाको भन्दा भिन्न र थप निर्माण गरेका संरचना हटाउन निश्चित समय दिने र तोकिएको समयमा नहटाए महानगर आफैंले त्यस्ता संरचना हटाउन थालेको छ।यस क्रममा महानगरले बुधबार सुन्धारास्थित काठमाडौं मलमा बनेका अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ। महानगरका प्रमुख वालेन्द्र साहकै उपस्थितिमा काठमाडौं मल अगाडि बनेका अनाधिकृत संरचना हटाइएको हो।यसैगरी, खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिका संरचना पनि भत्काएको छ। काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएपछि महानगरले खिचापोखरी क्षेत्रका संरचना भत्काएको हो।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.