कपिलवस्तु उद्योग वाणिज्य संघको मातहतमा रहेका बाणगंगा नगरभित्र संचालित बजारहरु अब मगंलबार पनी खुल्ने भएका छन् ।साप्ताहिक रुपमा मङ्गलबार बन्द रहदै आएका बाणगंगाका बजारहरु नेपालीका विभिन्न चाडपर्वहरु सुरू भए संगैआजबाट खुल्ने कपिलवस्तु उद्योग वाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिएका छन ।
स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै बजारहरु खुल्ला गरिएको पौडेलले बताए । यस अघि कपिलवस्तु उद्योग वाणिज्य संघको मातहतका बजारहरु साप्ताहिक रुपमा मंगलबार बन्द रहदै आएका थिए । मंगलबार अर्थात आजैबाट लागु हुने गरी तिहारसम्म बजार खुल्ला रहने जनाईएको छ । साप्ताहिक रुपमा बन्द रहेका बजारहरु खुलेसंगै स्थानीयलाई किनमेलमा सहज हुने छ ।